कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
बुधबार, भदौ २०, २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
बुधबार, भदौ २०, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए ।
परम्परागत घारमै मौरीपालन
बुधबार, भदौ २०, २०८०
कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो ।
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं
बुधबार, भदौ २०, २०८०
आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइदैं छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
ला व खेँ अर्थात ‘लाखे’
बुधबार, भदौ २०, २०८०
हिजोआज देश लाखेमय भएको छ ¤ के बालख के युवा जस्ले पायो पैसाको लोभले लाखे निकालेर अर्थ न बर्थ बुरुक्क बुरुक्क उफ्रेर छाँट न काँट नाचेर जे मन लाग्यो त्यही गरेको देखियो । यो खास विशुद्ध नेवारी चलन हो । हिजोआज सबै जातिले यस्को महत्व बुझेर लाखे नचाउँछ । लाखे...
सबैमा चेतना भया...!
बुधबार, भदौ २०, २०८०
नेपालको राजनैतिक वृतमा अहिले अनियमितताको बाढी आएको आभास हुन्छ । नेता र दलीय रुपमा वर्चस्व कमाएका कतिपय जिम्मेवार व्यक्तिहरु र उनका परिवारले गरेका अनियमिताका कारण पनि अहिले, अब मुलुकमा केही कतैबाट पनि जनताका पक्षमा काम हुन नसकेका समस्याहरु दिनप्रति दिन उजागर हुँदै गएका छन् ।
ग्रेटवाल भत्काउने दुई जना पक्राउ
मंगलबार, भदौ १९, २०८०
चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएका छ ।
घुस लिएको अभियोगमा मुद्दा दायर
मंगलबार, भदौ १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु
मंगलबार, भदौ १९, २०८०
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो ।
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
मंगलबार, भदौ १९, २०८०
पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
संसदीय समितिहरू सक्रिय बन
मंगलबार, भदौ १९, २०८०
प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि त्यस अन्र्तगतका संसदीय समितिहरूले नयाँ नेतृत्व पाएका छन् । दलीय सहमतिको आधार प्रतिनिधिसभाका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।
पाल्पामा जनसरोकारका विषयमा छलफल गर्दै माओवादी
सोमबार, भदौ १८, २०८०
नेकपा माओवादी पाल्पाले जनसरोकारको विषयमा छलफल अगाडि बढाएको छ । उसले जिल्लाको शान्ति, सुरक्षा र सुशासनका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग छलफल अगाडि बढाएको हो ।


