Shittalpati
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च

पाल्पा, लुम्बिनी प्रदेश सरकारको हालको बजेट खर्चको अवस्थालाई हेर्दा सन्तोषजनक देखिदैन । चालु आर्थिक वर्षको ४ महिनाको अवस्थालाई हेर्दा यहाँको बजेट खर्चको अवस्था निराशजनक देखिएको हो ।

प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेको थियो । जसमा ९ दशमलव ८७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । त्यसमा पुँजीगत खर्च ६.५९ प्रतिशत मात्रै छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख ९९ हजार गरी कुल ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेको हो । जसमध्ये चालु र पुँजीगत गरी ३ अर्ब ९९ करोड ७ लाख ५१ हजार २५७ अर्थात् ९.८७ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यहाँ लामो समय मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा अधिकांस मन्त्रलायको पुँजीगत खर्च थप निराशाजनक देखिएको हो । मुख्यमन्त्रीले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालयको पुँजीगततर्फको खर्च ३.९५ प्रतिशत रहेको छ । 

त्यस्तै, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत खर्च ०.९९ प्रतिशत मात्रै छ । प्रदेशमा १० मन्त्रालय छन् । तीमध्ये यो अवधिमा सबैभन्दा धेरै गृह मन्त्रालयले बजेट खर्च गरेको छ भने सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको छ । गृह मन्त्रालयले कुल विनियोजित बजेट ६७ करोड ३८ लाख ६५ हजारमध्ये २९.३८ प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले १३ अर्ब ७७ करोड ८८ लाख ५४ हजार बजेटमध्ये ५.३१ प्रतिशतमात्रै खर्च पहिलो चौमासिकमा खर्च गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update