Shittalpati
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा

पाल्पा, तानसेनमा एक जोडीले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा सहयोग गरेका छन् । लायन्स  क्लब  अफ  रानीमहल क्लब पाल्पाका  कोषाध्यक्ष  विष्णु पौडेल  र सर्मीला पौडेलले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए तानसेनस्थित निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमका असहायका लागि न्यानो कपडा सहयोग गरेका हुन् ।

क्लवको आयोजनामा भएको एक औपचारिक र्काक्रममा उनीहरुले आश्रममै पुुगेर न्यानो कपडा वितरण गरेका छन् । फजुल खर्चलाई कटाएर असहायहरुलाई चिसोबाट बच्नको लागि सानो भए पनि सहयोग गरौ भन्ने उद्देश्यले न्यानो कपडा सहयोग गरेको विष्णुु पौडेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पि का चिफ एडभाइजर राजेन्द्र लिगलले पछिल्लो समय नेपाली समाजमा बैवाहिक वर्ष गाँठको अवसरमा अनावश्यक फजुल खर्च गरी भोजभतेर/पाटी गर्ने प्रचलन रहेका बेला पौडेल दम्पतीले भने असहायहरुलाई सहयोग गरेर प्रशंसनीय कार्य गरेको बताए । उनले क्लवमा सक्रिय पौडेलले क्लवको सामाजिक अभावनालाई समेत आत्मसाथ गरेकोमा खुसी व्यक्र गरे ।

कार्यक्रममा निलसागर आश्रमका संयोजक प्रकाश गोङगलले आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया, दया करुण र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताए । आश्रममा रहेका १८ जनालाई न्यानो कपडा  र जुस वितरण गरिएको  थियो । यहाँ असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिहरु रहेका छन् । क्लवका अध्यक्ष  कोशिस  भण्डारी को सभापतित्व, उपाध्यक्ष  राजेश भट्टराई सञ्चालनमा  कार्यक्रम  भएको  थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update