Shittalpati
भूकम्पपीडितलाई राहत वितरण

काठमाडौ,  नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो । 

तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरिएको रकमका साथै समितिमा आबद्ध व्यक्तिबाट सङ्कलित रकमले राहत सामग्री वितरण गरिएकोउक्त समितिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । भूकम्पपीडितका लागि जाडोबाट जोगिन कम्बल तथा चामल, तेल, दाल, चिउरालगायत पदार्थ वितरण गरिएको थियो । भूकम्पबाट पीडित दुई जिल्लामध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा धेरै मानिसको मृत्यु हुनाका साथै  करोडौँको जनधनको क्षति भएकाले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको सो समितिले जनायो । 

समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका संरक्षक विभूजी महाराजलगायत समितिका अन्य पदाधिकारी  राहत वितरणमा सहभागी भएका हुन् । त्यसअवसरमा  भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उनीहरूको स्वागत गर्दै राहात सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update