Shittalpati
नेप्से ३८ अंकले बढ्यो

पाल्पा, केही दिन यता सुस्ताएको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने ३८ अंक बढीले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले बढेको हो । नेप्से बढेसँगै दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । नेप्से बढेसँगै कारोबार  रकम पनि आइतबारको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन आइतबार ५ अर्ब १५ करोड ७८ लाख  ४६ हजार ९सय ७९ रुपैयाँको सेयर कारोबार भएको थियो । सो दिन नेप्से परिसूचक २७.७५  अंकले बढेर २ हजार २२ दशमलव ३५ विन्दुमा बन्द भएको हो ।

सोमबार नेप्से बढेसँगै ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड १४ लाख ९७ हजार ६१९ सेयर खरिदबिक्री भएको हो । कारोबारमा आएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य बढ्यो, ७२ वटाको घट्यो र ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयर  छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ५६ मूल्यमा कारोबार भएको हो ।

नेप्सेका अनुसार, कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको २६ करोड २६ लाख ७४ हजार चार सय ७२ बराबरको कारोबार भएको छ । सोनापुर मिनरल्स २० करोड २८ लाख ४६ हजार दुई सय १४, सोल्टी होटल  १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट  १६ करोड ८३ लाख ९६ हजार पाँच सय ९७ र घोराही सिमेन्ट १४ करोड ३३ लाख २० हजार छ सय ६२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update