Shittalpati
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।

गोष्ठीमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य  नारायण प्रसाद आचार्यले रेडक्रसले गर्ने मानवीय कामहरु  प्रशंसनिय रहेको बताए ।  उनले रेडक्रसमा मानवीय कामहरुमा आफु पनि सहभागी हुने अवसर पाएको उल्लेख गरे । विशिष्ट अतिथि पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले जिल्ला स्तरीय गोष्ठी पूर्वखोलामा  आयोजना गरेकोमा रेडक्रसलाई धन्यवाद दिए । उनले आगामी दिनहरुमा रेडक्रससँग सहकार्य गरेर काम गर्ने समेत बताए ।

कार्यक्रममा रेडक्रस पाल्पा शाखाका सभापति बाबुराम कार्कीले रेडक्रसमा लागि सकेपछि सामाजिक भावनाको विकास हुने र मानवीय सेवामा लागिरहन मन लाग्ने धारण व्यक्त गरे । उनले विद्यार्थीहरुमा सामाजिक सेवाको भावना जागृत गराउनुको साथै लगनशिल र अनुशासन बन्न रेडक्रसका गोष्ठीहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । गोष्ठीमा शाखाका कोषाध्यक्ष सन्तोष खनाल, वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई, समाजसेवी निलकण्ठ न्यौपाने लगायतले गोष्ठीमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

रेडक्रसका  पाल्पा शाखा अधिकृत बिनोद भारती, सभापति बाबुराम कार्की, कोषाध्यक्ष सन्तोष खनाल, सदस्य हरि प्रसाद न्यौपाने, पदमराज पौडेल, सुदर्शन पाण्डे, अनुजा अर्याल लगायतले गोष्ठीमा रेडक्रसका सात आधारभुत सिद्धान्त, उत्पति , अभियान, जुयूरेसको काम कर्तव्य, अधिकार, प्राथमिक उपचार, रक्दान सचेतना, समूह कार्य, क्लाइमेट चेन्ज , कोष परिचालन, हाजिरिजवाफ जस्ता विषयहरुमा सहजीकरण गरेका थिए । कार्यक्रममा ५१ वटा विद्यालयको उपस्थित रहेको थियो । शाखाका जुनियर तथा यूवा रेडक्रस विकास समितिका संयोजक हरि प्रसाद न्यौपानेको अध्यक्षता, विद्यायलका प्रधानाध्यापक पिताम्वर न्यौपानेको स्वागत, सहायक प्रधानाध्यपक सुसिल न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । रेडक्रसले स्थानीय सरकार, शिक्षा विकास तथा समन्वय इकाइकहरुको समन्वयमा जिल्लाका विभिन्न  क्षेत्रमा यस्ता गोष्ठीहरु सञ्चालन गर्दे आएको  छ ।

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update