चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो
शनिबार, मंसिर ३०, २०८०
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, मंसिर ३०, २०८०
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।
रेमिट्यान्स बढ्दैमा खुसी न हौं
शनिबार, मंसिर ३०, २०८०
रेमिट्यान्सको मुख्य स्रोत वैदेशिक रोजगार हो । विदेशमा पुगेका युवाले पठाएको उक्त रकमलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । आर्थिक परिदृश्यमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स पछिल्लो समय महत्वपूर्ण अर्थतन्त्रको अस्थाई टेकोको रूपमा रहँदै आएको छ ।
पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता
शुक्रबार, मंसिर २९, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकाको चालु आर्थिक बर्षको प्रथम चौमासिक भित्र भएका कार्यक्रम, गतिविधि तथा आम्दानी खर्च सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले श्रावणदेखी कार्तिकसम्म भएका कार्य प्रगती विवरण सार्वजनिक गरी जनतासँग राय सुझाव तथा गुनासाहरु संकलन गरी सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ
बिहीबार, मंसिर २८, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ भन्ने नारालाई उजागर गर्ने बताएका छन् ।
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
बिहीबार, मंसिर २८, २०८०
प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
महिला कर्मचारीलाई ‘महिनावारी बिदा’
बिहीबार, मंसिर २८, २०८०
लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीहरुको हकमा स्वागतयोग्य कदम चालेको छ । महिनावारीका बेला शारीरिक तथा मानसिक कष्ट भोग्दै आएका महिला कर्मचारीहरुका लागि प्रदेश सरकारले विदाको व्यवस्था गरी स्वागतयोग्य काम गरेको हो ।
लोक भजन संरक्षण गर्न रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र
बुधबार, मंसिर २७, २०८०
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको गर्न लागेको हो ।
गोठमा आगलागी हुँदा लाखौंको क्षति
बुधबार, मंसिर २७, २०८०
जिल्लाको गुल्मीदरबार गाउँपालिका–६ भलायचौरको एक गोठमा आगलागी हुँदा लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय २७ वर्षीय नारायण खड्काको गोठमा आगो लाग्दा एक लाख ५० हजार बराबरको क्षति भएको हो ।
पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल
सोमबार, मंसिर २५, २०८०
नेपाली काँग्रेसको यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनमा हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारीका लागि ठाउँ–ठाउँमा छलफलका कार्यक्रमहरु भइरहेका छन् । पाल्पा काँग्रेसले जिल्लाका सबै पालिका र वडा तहमा पुगेर सम्मेलनको तयारीका लागि छलफल चलाएको हो ।
तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण
आइतबार, मंसिर २४, २०८०
लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनको कैलाशनगरमा निर्माणधिन ‘ श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगर सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमका बिच प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त डबलीको साँचो नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।


