Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पाल्पा, पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्य अनुसार  अब  पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १ सय ६४ रुपैयाँ ५० पैसा पर्नेछ । डिजल तथा मट्टीतेलको भने  लिटरको १ सय ५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १ सय ६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटरको १५६ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ । तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा भने पेट्रोलको लिटरको १ सय ६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १ सय ५७ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update