Shittalpati
गोठमा आगलागी हुँदा लाखौंको क्षति

गुल्मी, जिल्लाको गुल्मीदरबार गाउँपालिका–६ भलायचौरको एक गोठमा आगलागी हुँदा लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय २७ वर्षीय नारायण खड्काको गोठमा आगो लाग्दा एक लाख ५० हजार बराबरको क्षति भएको हो ।

आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । खड्काको गोठ पूर्णरुपमा जलेको छ । गोठमा गाई, भैँसी नरहेको तर घास, काठपात, जस्तापाता भने जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए । के कति कारणले आगो लागेको भन्ने विषयमा अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update