Shittalpati
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 

पाल्पा, रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो । 

दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । चमार हाल बुटवल उपमहानगरपालिका–९ पुरानो बसपार्कस्थित बाक्सा फ्याक्ट्रीमा काम गर्दै आएका थिए ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update