Shittalpati
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र

पाल्पा, यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेलमा हुन गइरहेको नेपाली कँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको हो ।

पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन प्रथम जिल्ला सम्मेलन गर्न लागिएको पार्टी सभापति हिमालदत्त श्रेष्ठले बताए । उनले भने,‘पार्टीलाई जनतासँग जोड्ने हाम्रो अभियान, काँग्रेस निर्माणका लागि जिल्ला सम्मेलन’ भन्ने मुख्य नारासहित सम्मेलन गर्न लागिएको हो ।’ सम्मेलनले नेपाली काँग्रेसको विरासतको संरक्षण गर्ने सभापति श्रेष्ठले बताए । उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवादको रक्षा गर्दै मुलुकमा शान्ति र सुशासन कायम राख्न सम्मेलनले वर्तमानको समीक्षा गर्दै भावी कार्यदिशालाई अगाडि बढाइ काँग्रेसको नेतृत्वलाई अझै सबल र सक्षम गराउने विश्वास प्रकट गरे । सम्मेलनको काँग्रेसका केन्द्रीय पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा पनि आउने छन् ।

सम्मेलनका लागि विभिन्न राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस हुनेछ । सम्मेलनको तयारी तीव्र पारिएको पार्टी सचिव सन्तोष थापा मगरले जानकारी दिए । उनका अनुसार सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । पार्टी उपसभापति झपेन्द्र गहिरेको संयोजकत्वमा स्वागत तथा सम्मान समिति गठन गरिएको छ । जसको सदस्यहरुमा पार्टी प्रवक्ता शोभाकर न्यौपाने, पूर्व क्षेत्रिय सभापति रामबहादुर कार्की, इन्द्रिरा भट्टराई रहेका छन् । अर्का उपसभापति ज्ञानबहादुर गाहाको संयोजकत्वमा अतिथि सत्कार तथा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा क्षेत्र नं १ का क्षेत्रिय सभापति झमन बहादुर राज मगर, क्षेत्र नं २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, कमल राना, गीता भट्टराई छन् । यस्तै प्रचार–प्रसार समितिको संयोजकमा पार्टी सचिव सन्तोष थापा मगर रहेका छन् । जसको सदस्यहरुमा अर्का पार्टी सचिव सुनिता अधिकारी, तारा रसाईली, विक्रम सिंह ठकुरी, प्रेस युनियनमा आवद्ध सम्पूर्ण पत्रकार, राधेश्याम ज्ञवाली, विष्णुप्रसाद पाण्डे छन् । कोषाध्यक्ष मोहनप्रसाद श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । जसमा हमिद मिया,रमणबहादुर थापा, सन्तोषलाल श्रेष्ठ, रुक्मागत भट्टराई, कान्ता अधिकारी, लालबहादुर थापा, मीना पन्थी र शैलेन्द्र भट्टराई रहेका छन् । मञ्च व्यवस्थापन समितिको संयोजकमा विश्व अर्याल रहेका छन् । जसको सदस्यहरुमा विनायक महर्जन, रवि गुरुङ्ग, युवराज चिदी छन् ।  

यस्तै गिरीजा गैरेको संयोजकत्वमा खाजा तथा जलपान समिति गठन भएको छ । जसको सदस्यहरुमा महेश्वर श्रेष्ठ, बाबुरत्न शाक्य, अमर राना, इन्द्रिरा राना रहेका छन् । विष्णु माया थापाको संयोजकत्वमा परिचयपत्र दर्ता व्यवस्थापन समिति गठन गरिएको छ । जसमा कृष्ण गहतराज, लक्ष्मण घिमिरे रहेका छन् । चेतना थापाको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन समिति गठन गरिएको छ । जसमा रेखा विष्ट, कमल भट्टराई, सुमन थापा र चेत कुमार रहेका छन् । यस्तै सुरेश बोहोराको संयोजकत्वमा स्वयसेवक व्यवस्थापन समिति गठन गरिएको छ । जसमा युवराज चिदी, दिनेश गन्दर्भ, कृष्ण अर्याल, सुवास गैरै, राजकुमार श्रेष्ठ रहेका छन् । प्रमाणपत्र व्यवस्थापनतर्फको संयोजकमा शोभाखर न्यौपाने, सदस्यहरुमा पुरुषोत्तम अर्याल, कृष्ण गहतराज, पुस्करराज रेग्मी, शारदा खनाल छन् । यस्तै अनुगमन समितिको संयोजकत्वमा कृष्णप्रसाद बस्याल रहेका छन् । जसमा जनक गाहा, सुवि विक, बुद्धीप्रकाश रेग्मी छन् । भातृ तथा शुभेच्छुक संस्था परिचालन समितिको संयोजकमा माधव नेपाल रहेका छन् । जसमा मेजरसिं केसी, शंकर रायमाझी, लक्ष्मण हिताङ, हिमाल मल्ल  छन् । यस्तै विधान श्रेष्ठको संयोजकत्वमा नीति तथा कार्यक्रम तयारी समिति गठन गरिएको छ । जसमा लालु राना र राम कार्की सदस्य छन् । सावित्रा गौतमको संयोजकत्वमा फूूलमाला तथा व्याज व्यवस्थापन समिति गठन गरिएको छ । जसमा रिता गौतम, हिमाल मल्ल, मुक्तिराम बस्याल रहेका छन् । यस्तै स्वास्थ्य डेस्क समितिको संयोजकत्वमा डा. माधव थापा रहेका छन् । गठित समितिहरुले कामलाई तीव्रता दिएका छन् । सम्मेलनमा पूर्व जिल्ला सभापति र अक्षकोष दाताहरुलाई सम्मान समेत गरिने पाटी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update