Shittalpati
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

पाल्पा, आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
    नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । संयुक्त राष्ट्रसंघको महासभाले आजकै दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको थियो । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत सरोकारवाला निकायले आज विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनले पछिल्लो समय विकासोन्मुख मुलुकमा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । नेपालमा पनि भ्रष्टाचार निवारणका लागि संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएपनि भ्रष्टाचार नियन्त्रणमा अपेक्षा अनुरुप प्रगति हुन सकेको छैन । भ्रष्टाचार एक वा एक भन्दा बढी व्यक्ति वा संस्थाका गतिविधिसँग जोडिएको विषय भएकाले यसलाई तोड्न प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्नेमा नेपालका सम्बन्धित निकायहरुले जोड दिइएका छन् । उनीहरुले भ्रष्टाचार विरुद्ध सबै एक जुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् । भ्रष्टाचार विरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अ·ीकार गरिएको छ । सरकारले भ्रष्टाचार हुन नदिन प्रतिबद्ध रहेको र अनियमितता तथा भ्रष्टाचारमा संलग्नप्रति कडाई गर्ने बताउदै आएपछि भ्रष्टाचारका ठूला–ठूला घटना सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update