Shittalpati
दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङ्डाँडामा दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर एक जना पुरुषको मृत्यु भएको छ । गाङ्गसिंङडाँडाका ४८ वर्षीय डम्बर बहादुर सारुको आफैले बोकेको बन्दुक पड्केर मृत्यु भएको हो ।

शनिबार साँझा घर नजिकै बारीमा भरुवा बन्दुक बोकी फापर खान आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर उनी लडेका थिए ।  अचानक चिप्लिएर लडी भरुवा बन्दुक पड्कन गई छर्राले साप्राको पछाडी पट्टि लाग्न गई सारु गम्भीर घाईते भएका थिए ।  घाइते भएका उनको उपचारका लागि रामपुर अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

 घटना लगत्तै ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा १ नाले भरुवा बन्दुक र १ वटा भिर्ने झोला समेत  फेला पारेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update