लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुसी लागेको छ : महासचिव गुटेरेस
मंगलबार, कात्तिक १४, २०८०
तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको तानसेनमा यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
दर्पुकमा युवकले गरे छिमेकी माथि कुटपिट
मंगलबार, कात्तिक १४, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–६ दर्पुकमा एक युवकले छिमेकी माथि कुटपिट गरेका छन् । पानीको विषयलाई लिएर शिवप्रसाद अधिकारीले छिमेकी ६३ वर्षीय मोहनीलाल पराजुली र उनको श्रीमति ५० वर्षीया पूर्णकला पराजुलीलाई कुटपिट गरेका हुन् ।
समाजसेवी भारतीको निधन
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा जीवन सर्मपित गरेकी समाजसेवी राधा भारतीको ९६ बर्षको उमेरमा निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी भारतीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
रामपुरका कृषकलाई अनुदानमा तरकारीका बेर्ना
मंगलबार, कात्तिक १४, २०८०
जिल्लाको रामपुरका कृषकलाई रामपुर नगर सरकारले अनुदानमा तरकारीका बेर्ना वितरण गरेको छ । नगर सरकारले यहाँका कृषकलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजका बेर्ना दिएको हो ।
नचिन्दा ऐतिहासिक पाल्पा ओझेलमा !
मंगलबार, कात्तिक १४, २०८०
करीब १,४७,५१६ वर्ग किमि क्षेत्रफलमा फैलिएको नेपाल विश्वको नमुना देश हो । हिमाल, पहाड र तराईमा विभाजित राज्य जुन प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधताले भरीपूर्ण रहेको छ । विविध किसिमका वातावरणले धनि छ । यसको यथोचित व्यवस्थापन र समुचित प्रयोग गर्न सके हाम्रो देश नेपाल समृद्ध बन्न सक्ने छ ।
गुल्मीमा जंगली च्याउ खाएका तीन जना बिरामी
मंगलबार, कात्तिक १४, २०८०
गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए...
गुल्मीको मालिकामा विजुली सट भई बंगालोमा आगलागी
मंगलबार, कात्तिक १४, २०८०
गुल्मीमा बंगालोमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका वडा नम्बर– ६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर
मंगलबार, कात्तिक १४, २०८०
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अपजसको भारी काँग्रेसले नबोक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले वर्तमान सरकारका कुनै पनि अयोग्य र अपजसका कामको भारी नबोक्ने बताएका हुन् ।
राष्ट्रसङ्घका महासचिवको लुम्बिनी भ्रमण : पर्यटन प्रवर्द्धन हुने विश्वास
सोमबार, कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ ।
गाउँघरमा देखिन छाडे पिङ
सोमबार, कात्तिक १३, २०८०
दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं–तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दसैंको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो ।
गुल्मीको सराय नाच संरक्षणमा युवा
सोमबार, कात्तिक १३, २०८०
गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।


