Shittalpati
पाल्पामा  भित्र्याइयो  फुलपाती
पाल्पामा  भित्र्याइयो  फुलपाती बडा दशैको सातौ दिन आज पाल्पामा पनि परम्परागत रुपमा फुलपाती भित्राईएको छ ।  जिल्ला प्रशासन कार्यालय, दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा  सेनमा फूलपाती भित्राइएको हो । 
सिर्जनशील प्रशासन र सुशासन
सिर्जनशील प्रशासन र सुशासन समयको माग बमोजिम परिवर्तन हुन सक्छ निजामती सेवा । सार्वजनिक सेवालाई विगतको जस्तो नबनाई समय सापेक्ष सँगैको सहयात्री जस्तो बनाउन सिर्जनशील प्रशासनको प्रयोग जरुरी छ । अहिले निजामती प्रशासनलाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् ।
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्‍यो ।
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ । 
दसैँमा मौसम सामान्यतया सफा रहने
दसैँमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 
आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै आज बडादसैँको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छ । दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएको हो ।
दसैँ उल्लासमय बनोस्
दसैँ उल्लासमय बनोस् आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि दशमीसम्म दश दिन मनाउने नेपाली जनको महान चाड बडा दशैं यो वर्ष पनि  नेपाली जनको  घर आगनमा आईसकेको छ । राष्ट्रिय पर्वको रुपमा समेत लिईने यस पर्वले हिन्दु धर्मलाम्बी मात्रै नभएर  सम्पूर्ण नेपालीजनमा हर्ष, उल्लास र आत्मियता थपिदिने गर्दछ ।
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेशका रूपन्देही, दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
माथागढीको सराईमा पत्रकार र जनप्रतिनिधिबिच मैत्रीपूर्ण खेल हुदै
माथागढीको सराईमा पत्रकार र जनप्रतिनिधिबिच मैत्रीपूर्ण खेल हुदै विजया दशमीको अवसरमा यही कार्तिक ३ गते शुक्रबार माथागढीको सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माथागढी गाउँपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बिच सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । 
दसैँको मुखमा छोइनसक्नु महँगी
दसैँको मुखमा छोइनसक्नु महँगी दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य  अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन जिल्ला प्रहरी कार्यालय पाल्पाले ६८ औं प्रहरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस तथा  पुर्नमिलन कार्यक्रम गरेको हो । 
Weather Update