Shittalpati
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण

पाल्पा,जिल्ला सहकारी संघ लि. पाल्पाका अध्यक्ष, वचत तथा ऋण सहकारी संघ लिका सल्लाहकार, सहकारीका अभियन्ता भुपति पाण्डे माथि आक्रमण  भएको छ । मंगलबार  जिल्लाको रामपुरमा सहकारी अभियानका विषयमा छलफल भैरहेका बेला पाण्डे माथी सांघातिक  आक्रमण   भएको हो ।

रामपुरका सोमबहादुर सेन र रुद्र नारायण श्रेष्ठ लगायतका व्यक्तिहरुले उनी माथि सुनियोजित रुपमा आक्रमण  गरेको बताइएको छ ।  आक्रमणबाट पाण्डे  गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित युनाइटेड  मिसन अस्पतालमा उपचार भईरहेकाे छ ।

सरकारी अभियानको "सहकारी मा सुशासन प्रबिधि र एकीकरण" भन्ने  नारालाई सार्थक बनाउन रामपुरको सुर्योदय सहकारी र ताल पाेखरा कृषि सहकारी बिच एकीकरणका बिषयमा  छलफल भैरहदा उनी माथी एक्कासी  आक्रमण  भएको जिल्ला सहकारी संघ पाल्पाले जनाएको छ । आक्रमण गर्ने ब्यक्तिहरु अहिले फरार रहेका छन् । उनिहरुको खोजिकार्य  भैरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update