Shittalpati
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो 

पाल्पा, काठमाडौंबाट निर्माण भई तानसेन ल्याएको करीव ८ बर्ष हुँदासम्म पनि गणेशको मुर्ति अलपत्र परेको छ । तानसेन नगरपालिकां– १० तेल्घामा राख्ने भनिएको मुर्ति  लामो समयदेखि अलपत्रपरेपछि  वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका छन् । 

काठमाडौ महानगरपालिकाका पूूर्व मेयर केशव स्थापित सहित पाल्पाका केही गन्यमान्य व्यक्तिहरुको पहलमा तेल्घा गुफाचौरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गुरु योजना सहित शुरु गरिएको अभियानलाई  अभियन्ताहरुले नै  बिचमै छाडेपछी गणेश मूर्ति अलपत्र परेको हो ।  गुफाचौरमा राख्ने भव्य गणेश मुर्ति लामो समयसम्म टुँडिखेलमा अलपत्र परेको मुर्तिलाई ५ बर्ष अघि तेल्घा वडा कार्यालय क्षेत्रमा सारिएको थियो ।  तेल्घामा २०७५ फागुन १ देखी ११ गतेसम्म महायज्ञ गरी ३२ लाख सहयोग उठाईएको थियो । मुर्ती लैजान बाटो नभएको भन्दै पुनः मुर्ति वडा कार्यालय क्षेत्रमै राखियो । गुफाचौरमा राख्ने गणेशमुर्ती वडा कार्यालयमै अलपत्र परेपछी वडा अध्यक्ष हिमलाल पंगेनीसहितको जनप्रतिनिधी, राजनीतिकदल, तथा स्थानीयवासीले तानसेन नगरपालिकासंग सहयोग मागेका छन्  । 

वडा नंं १० तेल्घाले मूर्ति राख्ने मुख्य स्थल गुफाचौरमै पत्रकारसहित तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलाई राखी चाडो भन्दा चाडो अलपत्र अवस्थामा रहेको गणेश मुर्ति स्थानान्तरण गर्न अनुरोध गरेको छ । नगर प्रमुख श्रेष्ठले वडा कार्यालयबाट  मुर्ति ल्यानका लागि बाटो घाटोको अध्ययन र राख्ने स्थानको प्राविधिक नापजाँचको लागि टोली खटाउने र आगामी बर्षको बजेटमा योजना समावेश गरी गणेश मुर्ति ल्याउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए । गुफाचौर निकै राम्रो स्वर्ग जस्तो ठाउँ रहेछ, सम्मो डाँडा, चिसो हावापानी, रातै फुलेका गुराँशका फूलहरु, पाक्दै गरेको काफलका रुखहरुले आफुलाई लोभ्याएकाले यस क्षेत्रको पर्यटकीय पुर्वाधार विकासको लागि बहुबर्षिय बजेट राखेर काम गर्ने प्रतिवद्धता नगर प्रमुख श्रेष्ठले जनाए ।  विश्व बैंकको सहुलियत ऋण सहयोगमा डुम्रेदेखी गुफाचौरसम्मको ७ किलोमिटरबाटो पिच लगायत पुर्वाधारको लागि ५९ करोड  स्विकृत भई टेण्डर प्रक्रियामा गएकाले अब १५ महिना भित्र दूई लेनको सडक पुर्वाधार निर्माण भई पिच हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिए । गुफाचौरदेखी सेती पोखरीसम्मको सडक तानसेन नगरपालिकाले श्रोत जुटाउने काममा लागेको नगर प्रमुख श्रेष्ठको भनाई छ । 

कार्यक्रममा वडा अध्यक्ष हिमलाल पंगेनीले वडाको बजेटबाट  मुर्ति ल्याउन नसकिने भएकाले नगरपालिकाको ध्यान खिच्न र गुफाचौरको महत्व, पर्यटकीयको महत्व बुझाउन, देखाउन पत्रकार सहितको वडामा क्रियाशिल सबै राजनीतिक दलहरुको सहभागितामा गुफाचौरमै कार्यक्रम गरिएको जानकारी दिए ।  कार्यक्रममा निवर्तमान वडा अध्यक्ष लोचन तिमिल्सीना, नेपाली काँग्रेसका शुरेस बोहोरा, नेकपा एमालेका बाबुराम रावल, राष्ट्रिय स्वतन्त्र पार्टीकी श्रीलक्ष्मी नेपाल लगायतले वडाको विकास निर्माण तथा गुफाचौरको समग्र विकासका  लागि सबैपक्ष राजनीतिक पक्ष विपक्ष भन्दा माथी उठेर एकजुट भएर काम गरेमा आगामी बर्षमै  मुर्ति तेल्घामा ल्याई, धार्मिक पुर्वाधारहरु विकास गर्न सकिनेमा जोड दिए ।  पत्रकार एवं स्थानीयवासी सन्तोष बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update