Shittalpati
पाल्पामा नेपाल प्रेस युुनियन र काँग्रेसबिच छलफल 

पाल्पा,  नेपाली काँग्रेस पाल्पा  र शुभेच्छुक संस्था नेपाल प्रेस युनियन पाल्पा शाखाबिच छलफल भएको छ  । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा मंगलबार सांगठनिक र समसामयिक विषयमा छलफल भएको हो । 

छलफलमा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले लोकतन्त्रको संस्थागत विकासमा प्रेस युनियनको  महत्वपूर्ण भूूमिका रहेको  बताए । उनले पार्टीका हरेक गतिविधिहरुमा सक्रिय भएर लाग्न युनियनमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे । सभापति श्रेष्ठले भने ‘पत्रकार भनेका समाजका ऐन हुन । समाजलाई रुपान्तरण गर्न उनीहरुको भूमिका महत्वपूर्ण रहन्छ ।’ पाल्पाको प्रेस युनियनको संस्थागत विकास र पत्रकारहरुको सुरक्षाका सवालमा पार्टी नेतृत्व गम्भीर रहेको उनले बताए । सभापति श्रेष्ठले पछिल्लो समय मिडिया र पत्रकारहरुको पेशा संकटमा पर्दै गएको प्रति पार्टी चिन्तित रहेको भन्दै अब पत्रकार र सञ्चार माध्यम समय सापेक्षा परिवर्तन हुन जरुरी रहेको धारणा व्यक्त गरे । उनले कुरा भन्दा पनि काम गर्ने बेला आएकाले पत्रकारहरु समेत आफ्नो पेशाप्रति समर्पित बन्नुपर्नेमा जोड दिए । सभापति श्रेष्ठले प्रेस युनियन, पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुबिचको सम्बन्ध सुमधुर बनाएर लैजान पार्टीले समन्वयकारी भूमिका खेल्ने बताए ।
 

नेपाली काँग्रेसका उपसभापति तथा प्रेस युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरेले उच्च मनोबलका साथ संगठमा लाग्न युनियनमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे । उनले पछिल्लो समय पार्टीप्रति युनियनमा नैराश्यता छाएको भन्ने गुनासो आएपनि त्यस्तो नरहेको स्पष्ट पारे । उपसभापति गैरेले भने‘ प्रेस युनियनको ५१ साल देखिको इतिहासमा  थुप्रै उत्तराचढाप आए, ति कुराहरुको सामना गर्दै युनियन आज यो अवस्थामा आईपुगेको हो । अहिले संगठन गुणात्मक रुपमा बलियो छ, निराश हुनुपर्ने अवस्था छैन ।’

छलफलमा युनियनका अध्यक्ष मन गहिरेले युनियनका ९ बुँदे साझा एजेण्डा प्रस्तुत गरेकी थिइन् । एजेण्डा प्रस्तुत गर्दै अध्यक्ष गहिरेले युनियनको संस्थागत विकासमा पार्टीले ध्यान दिनुपर्ने बताईन् । युनियनका निवर्तमान अध्यक्ष भरत शर्माले युनियनमा आवद्ध पत्रकारहरु एक जुट भएर गाडि बढ्नुपर्ने बताए । उनले युनियन भित्र एकता नहुँदा संगठन बलियो नभएको भन्दै अब एक जुट भएर अगाडि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । युनियनका सल्लाहकार शंकर भण्डारीले पार्टीप्रति युनियनमा आवद्ध पत्रकारहरुमा निराशा छाएकाले त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए । अर्का सल्लाहकार तथा युनियन प्रदेशका लेखा समितिका संयोजक मुक्ति न्यौपानेले पत्रकारहरुले तथ्याङकमा रहेर समाचार सम्प्रेष गर्नुपर्ने भएकाले पार्टीले सोही अनुसार संगठनका संरचनाहरुमा ध्यान दिनुपर्ने बताए । छलफलमा युनियनमा आवद्ध पत्रकारहरुले आ–आफ्ना जिज्ञासा  र सुझाव राखेका थिए । पार्टी सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, सचिव सन्तोष कुमार थापाको सञ्चालनमा छलफल भएको थियो ।  
     

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update