Shittalpati
भारी वर्षाको चेतावनीपछि पाल्पाका विद्यालय बन्द

पाल्पा, जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेपछि जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै यहाँका रामपुर नगरपालिका, तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिकाले  बिहीबार र शुक्रबार सबै विद्यालयमा पठनपाठन स्थगन गर्र्ने निर्णय गरेका हुन् ।

कति स्थानीय तहले विहीबारदेखि बन्द गरेका छन् भने केही शुक्रबादेखि बन्द गर्ने भएका  छन् ।

गुल्मीका इस्मा, कालिगण्डकी र मदाने गाउँपालिकाले पनि बिहीबार र शुक्रबार शैक्षिक संस्था बन्द गरेका छन् ।  निरन्तरको वर्षाका कारण राजनीतिक दलका कार्यक्रमसमेत प्रभावित भएका छन् । नेपाली काँग्रेस ,नेकपा एमालेका अधिवेशनहरु स्थगित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update