Shittalpati
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो 

पाल्पा,नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । 

सुनको मूल्य प्रतितोला दुई हजार एक सयले वृद्धि भई नभएको छ । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला  एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन एकाएक  एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन शुक्रबार एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार पाँच सय २५ पुगेको छ । साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर शुक्रबार हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  अमेरिकी डलरको मूल्यमा देखिएको मजबुतिसँगै त्यसको प्रभाव सुनको मूल्यमा देखिएको हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले यसको मूल्य तय गरिरहेको हुन्छ । खासगरी विश्वका ठूला लगानीकर्ताले गर्ने लगानीका आधारमा सुनको मूल्य समेत प्रभावित बन्ने गर्छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्छ । विदेशी मुद्रा सञ्चितिका दृष्टिकोणबाट सुनको मूल्य बढ्नु आयातमा आधारित मुलुकका लागि सकारात्मक मानिँदैन ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update