Shittalpati
पाल्पामा १९ वर्षीया किशोरीको शव फेला, हत्या भएको आशंका  

पाल्पा, जिल्लाको  रिब्दीकोट गाउँपालिका –१ ख्याहास्थित लप्सीखोला नजिकैको जंगलमा एक किशोरीको शव फेला परेको छ । मंगलबार विहान कपडा धुन खोलामा गएकी १९ वर्षीया पदमा सुनारको घोप्टो परेको अवस्थामा शव फेला परेको हो । 

कपडा धुन गएकी पदमा अबेरसम्म घर नफर्किएपछि परिवार, छिमेकीले खोज्ने क्रममा मंगलबार साँझा  जंगलमा शव फेला पारेका थिए । स्थानीयले उनको शव क्षतविक्षत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । कपडा धोएर घर फर्केर्ने क्रममा घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् । उनीहरुका अनुसार  पदमाको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले भने घटना के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने ‘ अहिले शवको परीक्षण भइरहेकाले घटनाको यकिन तथ्य आएको छैन् । केही बेरमा घटनाको सम्पूर्ण सत्य तथ्य बाहिर ल्याइने छ ।’

उनको घर र कपडा धुन गएको खोला डेढ किलोमिटर टाढा पर्छ । बाटोमै रगत देखिएकाले हत्या भएको हुन सक्ने स्थानीयको भनाई छ । पदमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update