Shittalpati
तानसेनका  जेष्ठ नागरिकलाई तीर्थयात्रा

 भरत शर्मा 

पाल्पा, तानसेनका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराईएको छ । तानसेन नगरपालिका –४  वडा कार्यालयले सिल्खान टोल विकास संस्था –२ को समन्वयमा वडाका जेष्ठ नागरिकलाई  धार्मिक तीर्थयात्रा गराएको हो । 

यात्रामा ७० वर्ष माथिका ३० जना जेष्ठ नागरिक सहभागी रहेका थिए । उनीहरुलाई तानसेनको प्रशिद्ध भैरवस्थान मन्दिर, रिडी ऋषिकेश मन्दिर, रानीमहल, स्याङ्जाको आलमदेवि लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको दर्शन गराइएको थियो । तीर्थयात्रामा सहभागी ८६ वर्षिय मंगल राना, ८५ वर्षीया नन्दकला आचार्य, ८२ वर्षीया सुन्दर कुमारी गहतराज, ७५ वर्षीय चित्र वलिराम सुवाल लगायतका जेष्ठ नागरिकहरुले देव दर्शन गर्दै आ–आफना अनुभव साट्न पाउँदा निकै  खुसी लागेको बताए । 

धार्मिक स्थलहरुको अवलोकन गर्नले जेष्ठ नागरिकमा उत्साह जागेको तीर्थयात्रा टोलीको संयोजक एंव सिल्खान –२ टोल विकास संस्थाका अध्यक्ष रमा पन्तले बताइन् । जेष्ठ नागरिक समाजका पथप्रदर्शक तथा भगवान भएकाले उनीहरुलाई प्रसन्न गराउन तीर्थयात्रा गराएको  वडा अध्यक्ष हेमन्त राज शाक्यले  बताए ।  उनले आगामी दिनहरुमा पनि  जेष्ठ नागरिक लक्षित कार्यक्रमहरु गर्दै जाने बताए । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update