Shittalpati
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना

पाल्पा, नेपालमा बढिरहेको साइबर सुरक्षाबारे विद्यार्थीहरुलाई सचेतन गराइएको छ । पाल्पा जेसिज वर्ष २०२४ ले तानसेनमा रहेको मिलेनियम सेकेण्डरी स्कुलमा कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षाबारे जानकारी गराई सचेतना गराएको हो ।

प्रविधिको प्रयोगबाट हुने गरेको साइबर अपराधबाट बच्न विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पाल्पाको सहकार्यमा कार्यक्रम गरिएको जेसिजका अध्यक्ष जेसी अर्जुन कार्कीले बताए । उनले भने ‘पछिल्लो समय युवायुवतीहरुमा साइबर अपराधका घटनाहरु बढ्दो रहेको छ । त्यसलाई न्यूनीकरण गर्नका लागि पहिले विद्यार्थीहरूमार्फत सचेतना कार्यक्रम गर्न जरुरी ठानेर हामीले कार्यक्रम सञ्चालन गरेका हौं ।’

6c8a43ae-130e-40f8-a181-0b9582fbd9c81711794399.jpg

कार्यक्रममा पाल्पा जेसिजका पूूर्व अध्यक्ष तथा पूूर्व राष्ट्रिय उपाध्यक्ष जेसी शैलेन्द्र भट्टराले साइबर अपराध नियन्त्रण गर्न साइबर सचेतनामा जोड दिनुपर्ने उल्लेख  गरे । उनले प्रहरीसँगको सहकार्यमा जेसिजले सचेतना कार्यक्रम गरेर प्रशंसनिय कार्य गरेको बताए । पाल्पा उद्योग वाणिज्य सघंका अध्यक्ष तथा प्रमुुख अतिथि समेत रहेका भट्टराईले साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोरकिशोरी परेकाले साइबर सचेतना अभियान क्याम्पस तहमै सञ्चालन गर्न जरुरी रहेको धारणा व्यक्त गरे । उनले भने ‘बृहत् अभियानकै रुपमा सचेतना कार्यक्रम लैजान आवश्यक छ ।’ सूचना प्रविधि आयआर्जनको महत्वपूर्ण आधारका रुपमा स्थापित हुँदै गए पनि त्यसको सही सदुुपयोग नहुँदा समस्या उत्पन्न भएको अध्यक्ष भट्टराईको भनाई छ । उनले कार्यक्रममा सिकेका कुराहरु व्यवहारमा उतार्दै अरुलाई समेत जानकारी गराउन सहभागी विद्यार्थीहरुलाई आग्रह गरे ।

a8cd0ce3-0e73-40df-a5f5-855b2555cd821711794437.jpg

विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले पछिल्लो समय युवायुवतीहरुमा बढ्दो साइबर अपराध देखिएको र त्यसलाई न्यूनीकरण गर्न विद्यार्थीहरू नै सचेत हुुनुुपर्ने बताए । उनले समाजमा सचेतना फैलाउने र शान्त, सुरक्षित समाज निर्माण गर्नका लागि सबै तह र निकायको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे । प्रमुख चन्दले साइबर अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय भएर लागे पनि प्रहरी एक्लैले मात्र सम्भव नरहेको र सबै पक्षको साथ, सहयोग आवश्यक रहेको उल्लेख गरे ।

2a13819f-3c58-4010-ab9b-ff9ff5d226851711794480.jpg

स्कूल व्यवस्थापन समितिका अध्यक्ष केशव शर्माले विद्यालय र क्याम्पस तहमा यस्ता कार्यक्रमहरु चलाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै स्कूलहरुमा पुुगेर कार्यक्रम सञ्चालन गर्न जेसिजलाई आग्रह गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुुगन्ध श्रेष्ठले सूचना प्रविधिहरुको प्रयोग गर्दा ध्यान दिनुुपर्ने कुराहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । उनले नेपालमा साइबर अपराध समयस्या रहेको भन्दै यसबाट बच्न सबैभन्दा पहिले सर्भर सुरक्षामा ध्यान दिनु पर्ने बताए । साइबर अपराध अन्जानमा वा जानी जानी हुने गरेकाले कम्पयुटर चलाउँदा आफूलाई आवश्यक फाइल मात्रै खोल्ने र नजानेका फाइल, उपहार पाउने लगायतका फ्रड फाइलमा क्लिक खोल्ने काम नगर्न आग्रह गरे । उनले साइबर अपराधको घटना बढी सामाजिक सञ्जाल फेसबुकबाट, इमेल फ्रडबाट, लटरीको नाममा हुने गरेको बताए । जेसिजका जिल्ला अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, कार्यक्रम संयोजक जेसी विवेक काजी शाक्यको स्वागत, महासचिव जेसी विजय कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

cc9402ac-451a-4e71-af70-7e8cc1ad6afc1711794501.jpg

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update