Shittalpati
सहकारी  अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग

पाल्पा, पाल्पाका सहकारीका अभियन्ता भुपति पाण्डे माथि आक्रमण गर्नेलाई  तत्काल पक्राउ  गरि कारवाही गर्न माग गरिएको छ । जिल्ला सहकारी संघ र वचत तथा ऋण सहकारी सं .लि ले संयुक्त  विज्ञप्ति जारी गरि पाण्डे माथि भएकाे सांघातिक आक्रमणकाे घटनाले सिंगाे सहकारी अभियानकाे गम्भीर ध्यानाकर्षण भएकाे भन्दै आक्रमण गर्ने ब्यक्तिलाई तत्काल पक्राउ गरि कारवाही गर्न सम्बन्धित निकायसँग  माग गरेका हुन्  ।
         
सहकारी अभियानलाई जताततैबाट विभिन्न किसिमबाट प्रहार भई रहेकाे वर्तमान अवस्थामा छलफल,सहमति र सहजताका साथ हुनपर्नेमा व्यक्तिगत रुपमा सांघातिक आक्रमण हुनु निन्दनीय र गैरकानूनी कार्य रहेको विज्ञप्तिमा  भनिएको छ । सहकारी अभियन्ता माथि भएको आक्रमण  दुखद भएको भन्दै आक्रमण  गर्ने  व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानून बमाेजिम  कडा भन्दा कडा कारवाही गर्न जिल्ला वचत तथा ऋण सहकारी सं .लिका अध्यक्ष जगदिश भट्टराई र जिल्ला सहकारी संघका सचिव   कृष्ण भुसालद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पाण्डे जिल्ला सहकारी संघ लि. पाल्पाका अध्यक्ष, वचत तथा ऋण सहकारी संघ लिका सल्लाहकार समेत हुन । मंगलबार  जिल्लाको रामपुरमा सहकारी अभियानका विषयमा छलफल भैरहेका बेला पाण्डे माथी सांघातिक  आक्रमण   भएको थियो ।

रामपुरका सोमबहादुर सेन र रुद्र नारायण श्रेष्ठ लगायतका व्यक्तिहरुले उनी माथि सुनियोजित रुपमा आक्रमण गरेका थिए । आक्रमणबाट पाण्डे  गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित युनाइटेड  मिसन अस्पतालमा उपचार भई रहेकाे छ । आक्रमण गर्ने ब्यक्तिहरु अहिले फरार रहेका छन् ।










































प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update