Shittalpati
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन

सुनिल कार्की 
पाल्पा,
नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । कर्मचारी युनियन पाल्पाले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान र पात्रो विमोचन कार्यक्रम गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले भित्ते पात्रोको विमोचन गर्दै पाल्पाको कर्मचारी युनियनको कार्यसमिति देशभरकै संक्रिय र सक्षम कार्यसमिति भएको भन्दै अझ संक्रियताको साथ आफ्ना गतिविधि अघि बढाउन आग्रह गरे । सभापति श्रेष्ठले इमान्दार र क्षमतावान रवि अर्याल नेतृत्वको कर्मचारी युनियनको जिल्ला कार्य समितिले सम्रग कर्मचारीको हित हुने गरी कार्यक्रम तथा क्रियाकलाप सञ्चालन गरेको भन्दै कामको प्रशंसाका साथ युनियनलाई अझ मजबुत बनाउन निर्देशन दिए ।  कार्यक्रमका अध्यक्ष नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष रवि आर्यालले पाल्पाको कार्यसमिति आर्थिक र संगठनिक पक्षबाट बलियो रहेको भन्दै आगमी दिनमा युनियनको तर्फबाट थप रचनात्मक शैलीबाट अघि बढ्ने बताए । भित्ते पात्रो प्रकाशन र यसको भुक्तानी पाउने विषय आफैमा चुनौतिपूर्ण रहेपनि कर्मचारी यूनियन पाल्पाले ठुलो हिम्मत र उत्साहका साथ जोखिम नै मोलेर भएपनि भित्ते पात्रो प्रकाशनलाई निरन्तरता दिएको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रनिनिधि कृष्णप्रसाद अधिकारी, जिल्ला कार्यसमिति पाल्पाका प्रवक्ता शोभाखर न्यौपाने, नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समितिका सल्लाहकार एवं केन्द्रिय महाधिवेशन प्रतिनिधि भरतराज घिमिरे, यज्ञेश्वर पन्थी, डिफान लुम्बिनी प्रदेश उपाध्यक्ष तथा युनियन जिल्ला कार्य समिति सल्लाहकार संयोग बस्नेत, युनियन जिल्ला कार्यसमिति उपाध्यक्ष लिलामणी बस्याल सहित युनियनमा आबद्ध कर्मचारीहरू साथै युनियन प्रेमीहरूको सहभागिता रहेको थियो, भने जिल्ला कार्य समिति सचिव ओमप्रकाश न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update