अस्ताए पाल्पाका शैक्षिक, सामाजिक क्षेत्रका धरोहर केसी
आइतबार, कात्तिक १९, २०८०
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास
आइतबार, कात्तिक १९, २०८०
बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीन महिने वर्षाबास सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको हो ।
तानसेनमा सर्वसाधारणलाई कण्डम उपहार
आइतबार, कात्तिक १९, २०८०
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तानसेन बसपार्कमा भएको सार्वजनिक कार्यक्रममा आदित्य पोखरेललाई एक प्याकेट कण्डम उपहार दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले दिएको कण्डम उपहार युवक पोखरेलले हासिखुसी स्विकार गरे ।
पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते
आइतबार, कात्तिक १९, २०८०
जिल्लाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तिमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको हो ।
रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
मनिषाको बलात्कारपछि हत्याको आशंका, प्रहरी भन्छ ‘हत्यारा समात्यौं, भोलि सार्वजनिक गर्छौं’
शनिबार, कात्तिक १८, २०८०
जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्या प्रकरणलाई लिएर यति बेला शान्तिपुर क्षेत्र तनाव ग्रस्त बनेको छ ।
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा
शनिबार, कात्तिक १८, २०८०
तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २३ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु
शनिबार, कात्तिक १८, २०८०
अधिवेशनले मधु दयाल सैंजुलाई अध्यक्षतामा चयन गरेको छ । सैंजु यस अघि संस्थाका पूर्व अध्यक्ष समेत हुन् । अधिवेशनले उपाध्यक्षमा सुशिलप्रसाद प्रधान, सचिवमा संजयराज शाक्य, कोषाध्यक्षमा ज्ञानु कार्कीलाई चयन गरेको छ ।
लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथम भए विरेन्द्र र सविना
शनिबार, कात्तिक १८, २०८०
पाल्पाको तानसेनमा आयोजित रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विरेन्द्र बुढा र सविना श्रेष्ठ प्रथम भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
शनिबार, कात्तिक १८, २०८०
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।
सरकारले जाजरकोट र रुकुम पश्चिममा पाँच/पाँच करोड पठाउने
शनिबार, कात्तिक १८, २०८०
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच/पाँच करोड पठाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले तत्कालका लागि १० करोड आर्थिक सहायता पठाउने निर्णय गरेको हो ।
जाजरकोट भूकम्प : मृतकको संख्या १३७ पुुग्यो , १६० घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका...
काँग्रेसले भूकम्प प्रभावितलाई ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल
शनिबार, कात्तिक १८, २०८०
नेपाली काँग्रेसले जाजरकोट भूूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।


