Shittalpati
माओवादी केन्द्र पाल्पाको इन्चार्जमा पाण्डे

पाल्पा,  नेकपा माओवादी केन्द्र पाल्पाको इन्चार्जमा नेत्रप्रसाद पाण्डे चयन भएका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैंठकले पाण्डेलाई इन्चार्जको जिम्मेवारी दिएको हो । 

पार्टीको वैकल्पिक केन्द्रिय सदस्य रहेका उनलाई  पार्टीले जिल्ला इन्चार्जको जिम्मा दिएको जिल्ला संयोजक राजेन्द्र विकले जानकारी दिए । पाण्डेयले लामो समयदेखि संगठन विस्तार र पार्टीलाई बलियो बनाउने दिशामा महत्वपूर्ण  भूमिका खेल्दै आएका छन् । जसका कारण  पार्टीले पाण्डेलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।

पाल्पामा माओवादी राजनीतिक आन्दोलनमा पाण्डेको भूमिका महत्वपूर्ण रहेको संयोजक विकको भनाई छ ।  पार्टीले जिल्लाको सह इन्चार्जमा चक्रव्यू थापालाई तोकेको छ ।   


 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update