Shittalpati
निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : सांसद राना

पाल्पा, लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा काँग्रेसका युवा नेता वीरबहादुर रानाले हाम्रो व्यवस्थाले जनताको अवस्था बुझ्न नसक्दासम्म संघीय गणतन्त्रको परिभाषा स्पष्ट हुन नसक्ने बताएका छन् । पाल्पाको श्रीनगर यातायात सेवा कम्पनीको तेस्रो वार्षिक साधारण सभा कार्यक्रमको विशिष्ठ अतिथि रुपमा बोल्दै प्रदेश सांसद रानाले राज्यले निजी क्षेत्रको लगानीलाई सुरक्षण नगर्दासम्म देशले विकास गर्न सक्दैन, यी कुरालाई सरकारले बुझेन भने देश आर्थिक रुपमा टाट पल्टन बेर नलाग्ने बताएका हुन् । 

सांसद रानाले भने ‘अब जनताले भाषण र वाककलालाई सुनेर मात्र चित्त बुझाउँदैनन्, मुलुकको समग्र विकासका लागि सरकारले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ ।’ उनले भने ‘अब हामी उद्यशीलताको विकासमा लाग्नुपर्छ, लोकतन्त्रको विकल्प पनि लोकतन्त्र नै भएको स्पष्ट पार्दै निजी क्षेत्रको लगानी सुरक्षण गर्ने जिम्मा राज्यको हो ।’ तेस्रो वार्षिक साधारण सभा कार्यक्रम कम्पनीका अध्यक्ष डिलबहादुर ढुंगानाको सभापतित्वमा भएको हो ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update