Shittalpati
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला
पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला जिल्लाको माथागढी गाउँपालिका–३ खिरैलिधारामा आफ्नै घरमा सुुतेको अवस्थामा एक युवक मृत फेला परेका छन् । विहीबार राती खिरौलिधाराका मोहन सिं थापाका २९ वर्षीय छोरा ज्ञानबहादुर थापा सुत्ने कोठामा मृत फेला परेका हुन् ।
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ सरसफाई
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ सरसफाई धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय संघ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार...
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस विश्वभर आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व विज्ञान दिवस मनाउन लागिएको छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि...
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै जिल्लाको रिब्दीकोटबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका –३ स्थित हार्थोक–तिनगिरे सडक खण्डको हिरापोखरामा अचेत अवस्थामा रहेका एक अपरिचित व्यक्तिको प्रहरीले उद्दार गरी युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाएको हो ।
आज विश्व जल दिवस मनाइदैं
आज विश्व जल दिवस मनाइदैं आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको हो । नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् ।
वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम
वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । हरेक वर्ष वन डढेलोका सम्बन्धी विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको हो ।
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो ।
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
Weather Update