हलगोरु पाल्ने किसानलाई सम्मान
मंगलबार, माघ ८, २०८१
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
मंगलबार, माघ ८, २०८१
लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ
मंगलबार, माघ ८, २०८१
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ११ महिनामा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
सोमबार, माघ ७, २०८१
पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
ओझेलमा सिद्धे चमेरे गुफा
आइतबार, माघ ६, २०८१
तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
पाल्पामा बढ्दो साइबर अपराध
आइतबार, माघ ६, २०८१
इन्टरनेटको पहुँच बढेसँगै पाल्पामा पनि साइबर अपराधको दर बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो ।
पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक
शनिबार, माघ ५, २०८१
पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।
अनलाइनबाट नागरिकता सिफारिस
शनिबार, माघ ५, २०८१
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।
अवैध लागूऔषध ओसार–पसार बढ्दो
शनिबार, माघ ५, २०८१
नेपालमा पछिल्लो समय लागूऔषध दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो रहेको हो ।
पुसमै पाक्यो ‘चैते काफल’
बिहीबार, माघ ३, २०८१
चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ ।
नेप्से परिसूचकमा सामान्य अड्ढले सुधार
बुधबार, माघ २, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अड्ढको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ८३ अड्ढले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार...
संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ
बुधबार, माघ २, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा उनले मंलबार दिएको शुभकामना सन्देशमा मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरे ।


