Shittalpati
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि स्थानीय तहमा कानुनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भइरहेका बेला पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले रामपुरमा तालिम दिइरहेको छ । दुुई दिनसम्म चल्ने सचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका –घोप्टेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापकोट नगरपालिका–८ दामाचौरकी ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
रामपुरमा उन्नत जातको विउ बोका वितरण
रामपुरमा उन्नत जातको विउ बोका वितरण जिल्लाको रामपुर नगरपालिकामा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज (बेस) नेपालको सहजीकरणमा बोका वितरण गरिएको हो ।
कानुन सचेतना सम्बन्धी कार्यक्रम रामपुरमा सुरु
कानुन सचेतना सम्बन्धी कार्यक्रम रामपुरमा सुरु स्थानीय तहमा प्रदेश कानुन लगायत विभिन्न कानुनहरुको २ दिने सचेतना कार्यक्रम रामपुर नगरपालिकामा सोमबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको आयोजनामा नगरपालिका भित्रका जनप्रतिनिधिहरुका लागि कानुन सम्बन्धी २ दिने सचेतना कार्यक्रम सुरु भएको भएको हो ।
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै पाल्पाको रामपुर भित्रिएको हो ।
दाङमा भएका छुुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
दाङमा भएका छुुट्टाछुट्टै घटनामा दुुईको मृत्यु लुम्बिनी प्रदेशको दाङमा भएका छुुट्टाछट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । घोराही उपमहानगरपालिका–१० र ३ मा भएका घटनामा दुुई जनाको ज्यान भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला घाँस काट्न जंगल गएका पाल्पाको रम्भा गाउँपालिका –४ धामखोलाका ६३ वर्षीय यामबहादुर सूर्यवंशी मृत फेला परेका छन् । गत चैत २८ खाना खाएर घाँस काट्न र काफल टिप्न भनि जंगल गएका सूूर्यवंशी शुक्रबार साँझा मृत फेला परेका हुुन् ।
पाल्पाका पर्यटकीयस्थल खचाखच
पाल्पाका पर्यटकीयस्थल खचाखच नयाँ वर्षको पहिलो र दोस्रो दिन पाल्पाका चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट लगायतका पर्यटकीयस्थलहरु खचाखच रहे । ती...
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परेर जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाही घाइते भएका थिए ।
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु भएको छ । आज विहान नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पोखरीमा घुम्न आएका सिद्धार्थनगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए ।
Weather Update