Shittalpati
प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म

काठमाडौँ, प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि सुरु भई असार १५ गतेसम्म सञ्चालन हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको कार्यतालिका तय गरेको हो । बैठकको निर्णयअनुसार जेठ महिनामा १० दिन र असार महिनामा ९ दिन बैठक बस्ने छ ।

पारित कार्यतालिकाअनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते संसद् बैठक बस्नेछ । त्यसपछि असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठकहरू हुने तय भएको छ । यो कार्यतालिका बजेट सत्रको तयारीस्वरूप निर्धारण गरिएको मानिन्छ, जसमा सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुति, र त्यससम्बन्धी छलफलहरू समेटिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update