Shittalpati
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट लागूऔषध सहित विभिन्न स्पथानबाट ३० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्की, महोत्तरी, बारा, सिराहा, ललितपुर, धनुषा, झापा, बझाङ, धनकुटा, कैलाली लगायतका जिल्लाबाट लागूऔषसहित ३० जना पक्राउ परेका हुन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार समेत २ जनालाई अवैध लागूऔषध सहित  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले सन्देशको घर तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कास्कीकै पोखरा महानगरपालिका–५ बाट नियन्त्रित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका–६ डिमुवा घर भएका प्रेम सुवेदी, ३५ वर्षीय होम थापा, ३३ वर्षीय सुरज नेपाली, रूपन्देही मायादेवी गाउँपालिका–१ घर भएका ४२ वर्षीय जनमेज्य केवट, २९ वर्षीय महेन्द्र आरख र सिराहा नवराजपुर गाउँपालिका–३ घर भएका ३३ वर्षीय राजेन्द्र कुमार यादव रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बा.प्र.०१–०३५ च १४३६ नम्बरको ईभी भ्यान जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रेम र ईभी भ्यानमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै कैलालीको जानकी गाउँपालिका–७ उच्चा गोलौरीबाट अवैध लागूऔषधसहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  यस्तै धनकुटाको धनकुटा नगरपालिका–६ गोलाई बस्ने महालक्ष्मी नगरपालिका–८ घर भएका २४ वर्षीय उज्वल थापालाई नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस्तै बझाङको बित्थडचिर गाउँपालिका–८ रूपैलबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तलकोट गाउँपालिका–१ बस्ने ३२ वर्षीय नरेन्द्र कुमार ऐडी र जयपृथ्वी नगरपालिका–११ दयकुम्ला बस्ने ६१ वर्षीय सिंग धामी रहेका छन् । 

यस्तै झापाको दमक नगरपालिका–५ बाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ बस्ने २३ वर्षीय सुजन माझी, २० वर्षीय सुविन कुमाल र २७ वर्षीय कुल प्रसाद सिवाकोटी रहेका छन् । यसैगरी झापाकै मेचीनगर नगरपालिका–७ ग्रामथानबाट अवैध लागूऔषध सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराउ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै धनुषाको धनुषाधाम नगरपालिका–८ धारापानी बजारबाट अवैध लागूऔषसहित सिराहा बरियारपट्टी गाउँपालिका–२ बस्ने २६ वर्षीय नितेश कुमार महत्तो समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै ललितपुरको ललितपुर महानगरपालिका–६ बाट नियन्त्रित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २२ वर्षीय विनित बुढाथोकी, काठमाडौं नैकाप बस्ने शंखरापुर नगरपालिका–४ घर भएका २६ वर्षीय नविन कार्की र ललितपुर महानगरपालिका–१७ ट्यागल बस्ने बारा गढीमाई नगरपालिका–२ घर भएका २१ वर्षीय सोनु कुमार साह कलवार रहेका छन् । यस्तै सिराहाको गोलबजार नगरपालिका–६ बाट अवैध लागूऔषधसहित नरहा गाउँपालिका–३ खोरीया टोल बस्ने २४ वर्षीय महमद साहिल आलमलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ बाट अवैध लागूऔषध सहित पर्सा पटेर्वा सुगौलि बस्ने २५ वर्षीय राम नाथ पासवानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पटेर्वा सुगौलीबाट जितपुरतर्फ आउँदै गरेको ना.२ ह ३१११ नम्बरको अटो जाँच गर्दा उक्त गाँजा फेला पारी चालक राम नाथलाई पक्राउ गरेको हो । यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित पर्सा वीरगंज महानगरपालिका–३१ बस्ने २० वर्षीय दिपु राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update