Shittalpati
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व

बुटवल,राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व आएको छ । लुम्बिनीमा सम्पन्न संघको अधिवेशनले बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरेलाई चयन गरेकोे छ । त्यस्तै, सदस्यहरुमा जीवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगीता भण्डारी रहेका छन् । संघले शनिबार र आइतबार दुई दिन लुम्बिनीमा टेलिभजनहरुको राष्ट्रिय कार्यशाला गोष्ठी पनि गरेको थियो । गोष्ठीले देशभरका टेलिभिजनहरुसँग सहकार्य गर्ने र टेलिभिजनका समस्याहरुको सन्दर्भमा एकता गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कार्यशाला एवं अधिवेशनको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्दै लुम्बिनीको महत्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए । 

प्रकाशित मिति: सोमबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update