
पाल्पा, जिल्लाको सदरमुुकाम तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको छ । तानसेन नगरपालिका –३ भगवती टोलस्थित सन्यास परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको हो ।
अठारपुराणको वार्षिक अनुष्ठान अन्र्तगत यसवर्ष वराहपुराण सञ्चालनमा आएको छ । नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य जुनाअखडा महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराजबाट प्रवचन भएको छ । ज्ञानमहायज्ञको शोभायात्रा निकालिएको थियो । यहाँका टोल विकास संस्था, आरती भजनमण्डली, ॐशान्ती परिवार र महिला पञ्चेबाजासहित भक्तजनहरुले वाजा गाजा र आ–आफ्नो पहिचान सहितको भेषभुसामा झाँकी र्याली निकालेका थिए । वद्रेश्वर शिवालयधामबाट निस्किएको झाँकी,र्याली शितलपाटी,नारायणस्थान, टुँडिखेल,आन्दोदनचोक,लहरेपिपल–सिलखानटोल–विशालबजार,मखनटोल–गोलोघर हुँदै शिवालयधाममा प्रवेश गरेको थियो । कलशयात्राको समापनपछि शोभायात्रामा समावेश टोल संस्थाहरु विभिन्न भजन मण्डलीहरुलाई प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठबाट रामनाम र मायाको चिनो प्रदान गरिएको थियो । सोही अवसरमा नगरप्रमुख श्रेष्ठले जन्मदिनको उपलक्ष्यमा महायज्ञलाई पच्चिस हजार नगद रकम प्रदान गर्ने घोषणा गरे । वराहपुराण ज्ञानमहायज्ञ जेठ २५ गते सम्म चल्लने छ । शोभायात्रामा नगरप्रमुख श्रेष्ठसहित महामण्डलेश्वर माता हेमानन्द गिरी माहराज, अनन्त विभुषित ध्यानी बाबा तथा कृष्णचरित्रवान चैतन्यमहाप्रभु लगायत अन्य धार्मीक सामाजिक र राजनैतिक अभियान्ताहरुको समेत सहभागिता रहेको थियो ।
–जयराम सापकोटा