तानसेनमा छायो वसन्त : सरस्वती पूजामा रमाए विदेशी पर्यटक
मंगलबार, माघ २२, २०८१
वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान
सोमबार, माघ २१, २०८१
गुल्मीमा वन्यजन्तुबाट क्षति भएका किसानले डेढ वर्षसम्म पनि क्षति बापतको राहत रकम प्राप्त गर्न सकेका छैनन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि डिभिजन वन कार्यालय गुल्मीमा सय पाँच जना किसानले राहतका लागि दिएका निवेदन दिएका थिए ।
आज सरस्वती पूजा : बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै
सोमबार, माघ २१, २०८१
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा गरिदै छ । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना...
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
सोमबार, माघ २१, २०८१
लुम्बिनी प्रदेशमा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
आइतबार, माघ २०, २०८१
लुम्बिनी प्रदेशमा भोली (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।
मासिँदै सिमसार, हराउँदै जलपन्छी
आइतबार, माघ २०, २०८१
जिल्लाका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएका छन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायत कारण सिमसार क्षेत्रहरू मासिँदै गएका हुन् ।
आज विश्व सिमसार दिवस मनाइँदै
आइतबार, माघ २०, २०८१
विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो अन्तरक्रिया
शनिबार, माघ १९, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ । युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो ।
आज तिलकुन्द चौथी व्रत
शनिबार, माघ १९, २०८१
आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु
शुक्रबार, माघ १८, २०८१
संघीय संसद्को हिउँदे अधिवेशन आज माघ १८ गते (शुक्रबार) देखि सुुरु हुने छ । अधिवेशन अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।
सिर्जनशील गंगा साहित्यिक पुरस्कार गहिरेलाई
बिहीबार, माघ १७, २०८१
सिर्जनशील गंगा साहित्यिक पुुरस्कारबाट पाल्पाली साहित्यकार तथा पत्रकार मन गहिरे पुुरस्कृत भएकी छन् । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा गहिरेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । नेपाली साहित्य क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याड्ढन गर्दै गहिरेलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
‘एक घर, एक धारा’ अभियानले खानेपानीमा पहुँच सुनिश्चित
बिहीबार, माघ १७, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् ।


