पाल्पा, जिल्लाको रामपुरमा टोलविकास संस्थाका पदाधिकारीहरुलाई अनुशिक्षण प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा अनुशिक्षण प्रदान गरिएको हो ।
लक्षित वर्ग तथा टोल विकास संस्थाका महिलाहरुलाई लैङ्गिक समानता सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट छनौट प्रक्रिया तथा सबै प्रकारका दुव्र्यवहार सम्बन्धी २ दिने अनुशिक्षण प्रदान गरिएको छ । कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमुखी बजेट निर्माण गरि नगरपालिकाले कार्यान्वयन गर्दै आएको बताइन् । उनले योजना संकलन गरी बजेट निर्माण गर्दा लैससासलाई समेटेर तयार गरिएको बताइन् । योजना संकलन र बजेट निर्माणमा सहज होस् भन्ने उद्देश्यले टोल विकास संस्थाका पदाधिकारीहरुलाई यो कार्यक्रम आयोजना गरिएको उनको भनाई । उपप्रमुख थापाले टोल–टोलमा योजना संकलन गर्दा लैससासलाई समेटेर छनौट गर्न आग्रह गर्दै लैङ्गिक उत्तरदायी बजेट निर्माणमा सहयोग गर्न आग्रह गरिन् । नगर प्रवक्ता कपिल बहादुर खाँणले समाजका सबै क्षेत्र र समुदाय समेटिने गरि योजना तथा बजेट निर्माण गर्नु पर्ने आवश्यकता औँल्याए । उनले जनताको आवश्यकतालाई मात्र नभई लैससासको सूचक पुरा गर्ने गरि कानुनले निर्दिष्ट अधिकार क्षेत्र भित्र रही योजना तय गर्नु पर्ने बताए । कार्यक्रममा नगरभित्रका १० वटै वडाभित्र रहेका टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सोमबार र मंगलबार दुई दिन भएको हो ।
कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका प्रशासन शाखा अधिकृत युवराज पन्थी, आलेप अधिकृत ह्देयश पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत,महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गरेका थिए । न्यायिक समिति सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।