Shittalpati
पाल्पामा निजामती कर्मचारी युनियनको सक्रियता
पाल्पामा निजामती कर्मचारी युनियनको सक्रियता  नेपाल निजामती कर्मचारी युनियन पाल्पाले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । युनियनले संगठन विस्तार तथा सुदृढिकरण र कर्मचारीहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।
सम्पत्ति शुद्धीकरण विधेयक पारित
सम्पत्ति शुद्धीकरण विधेयक पारित राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए ।
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना तानसेनको मोहन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का (छात्रा) बहिनीहरुले एसइई दिने दिदी (छात्रा)हरुलाई सफलताको शुभकामना दिएका छन् । उनीहरुले एक औपचारिक कार्याक्रमको आयोजना गरी एसइईको तयारीमा रहेका दिदीहरुलाई शुभकामना दिएका हुन् ।  
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो । 
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् ।
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम 
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम  जिल्लाको रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जीवन विज्ञान सम्बन्धी जानकारी गराई जीवनलाई सुखि र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यल प्रवचन कार्यक्रम गरेको हो ।
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । 
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा मगर समुदायले आज पाल्पासहित देशैभर ४२ औं  नेपाल मगर संघ स्थापना एवं मगर एकता दिवस मनाउँदैछन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् 
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र गृह मन्त्रालयले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि पत्र पठाएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मन्त्रालयले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो ।
भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि
भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
Weather Update