Shittalpati
रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप
रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप जिल्लाको रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएकोमा ५५ उजुरीको मेलमिलाप गरिएको छ । नगरपालिकाको न्यायिक समितिले पालिकामा दर्ता हुन आएका उजुरी मध्ये ५५ उजुरी मेलमिलाप गर्न सफल भएको हो ।
पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा !
पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा ! स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन् । विशेषतः पछिल्लो पुस्ताका पहिलो सन्तान जन्माउने आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान गराउने मामिलामा उदासीन देखिन्छन् ।
तानसेनमा सुनका गहना ठगी गर्ने  चार जना पक्राउ 
तानसेनमा सुनका गहना ठगी गर्ने  चार जना पक्राउ  सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने  चार जना पक्राउ परेका छन् । तानसेनका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । 
खिर खाएर मनाइयो साउने  पन्ध्र
खिर खाएर मनाइयो साउने  पन्ध्र यस वर्षको साउन पन्ध्र  पाल्पासहित देशैभर घर–घरमा खिर खाएर मनाइएको छ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन पन्ध्र मंगलबार घर–घरमा खिर खाएर मनाइएको हो ।  
खिर खाएर साउन पन्ध्र मनाइँदै
खिर खाएर साउन पन्ध्र मनाइँदै आज साउने पन्ध्र पर्व मनाइँदै छ । साउन १५ मा रोपाइँ सकेर खिर खाने चलन छ । किसानहरुले साउन १५ लाई विशेष खिर खाने दिनका रुपमा मनाउने गरेका छन् । पहिले ग्रामीण क्षेत्रमा बढी मनाइने खिर खाने चलन पछिल्लो समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दो छ । 
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न यो दिवस मनाउने गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
महँगीको मारमा उपभोक्ता
महँगीको मारमा उपभोक्ता दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै आज विश्व बाघ दिवस  नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि,  संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजको दिन यो दिवस मनाउने गरिएको हो ।
आज हेपाटाइटिस दिवस मनाइँदै
आज हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस विरुद्धको दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा जिल्लाका उद्योगी–व्यवसायीहरुका लागि तानसेनमा कर सम्बन्धी शिक्षा दिइएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा शुक्रबार कर शिक्षा प्रदान गरिएको हो ।
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री जिल्लाको तानसेन नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषि सामग्री दिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु दिएको हो ।
Weather Update