Shittalpati
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या जिल्लाको रामपुर नगरपालिका–८ रातमाटाकी २२ वर्षीया मनिषा श्रेष्ठले गत जेठ ३० मा आफ्नै घरको कोठामा पंखमा पासो लगाई आत्महत्या गरिन् । त्यसअघि माथागढीका एक पुरुषले पनि डोरीको पासो लगाई आत्महत्या गरे । पाल्पामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले...
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि  १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।  
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना  आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । 
गुल्मीको मालिकामा ६० वर्षीय पुुरुष मृत फेला
गुल्मीको मालिकामा ६० वर्षीय पुुरुष मृत फेला जिल्लाको मालिका गाउँपालिका– ८ मर्भुङ्खमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीय ६०  वर्षीय लालबहादुर रोका मृत अवस्थामा फेला परेका हुन् ।
हलगोरु पाल्ने किसानलाई सम्मान
हलगोरु पाल्ने किसानलाई सम्मान यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना...
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ११ महिनामा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
ओझेलमा सिद्धे चमेरे गुफा
ओझेलमा सिद्धे चमेरे गुफा तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
Weather Update