पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई पोते माला तथा चुरा बनाउने तालिम दिइएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत १३ दिने तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । तालिमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने बताइन् । यसले समृद्ध नगरपालिकासँगै महिलाहरुको आयआर्जनमा वृद्धि हुने बताइन । श्रीङ्गारको रुपमा प्रयोग हुने चुरा, पोते, माला, औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको थापाको भनाई छ । उनले तालिममा सिकेका सिपबाट उत्पादित बस्तुको बजारीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले महिलाहरुले गरेको उत्पादन नगरपालिकाले गरिद गरेर उपप्रमुख कोशेली घर मार्फत विक्रि वितरण गरी उपभाक्ताको हातमा पु¥याउने बताइन् । उनले दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गरिन् । कार्यक्रममा ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिममा सिकेका सिपको माध्यबाट उद्यमी बन्न आग्रह गरे । साथै गुणस्तरीय र बाÞय वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नु पर्नेमा जोड दिए । ३ का वडा अध्यक्ष दामोदर पाठकले आत्मनिर्भर बन्नका लागि तालिममा सिकेका सिप महत्वपूर्ण हुने बताए । यस्तै तालिमलाई तालिममा मात्र सिमित राख्न नहुने भन्दै जीवनस्तर सुधार्नका लागि आयमूलक काम गर्नु पर्नेमा उनले जोड दिए । आर्थिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य दुर्गा देवि भण्डारी गौतमले आर्थिक समृद्धि र जिविकोपार्जनका लागि सिपमूलक तालिम महत्वपूर्ण रहेको भन्दै तालिममा सिकेका सिपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिन् ।
महिलाहरुको सिपमूलक तालिम कार्यक्रम सञ्चालक समितिका अध्यक्ष सावित्रा गैरेले आगामी दिनमा महिलाहरुलाई आयआर्जनको माध्यमबाट आत्मनिर्भर हुने खालका कार्यक्रम सञ्चालन गर्ने भन्दै तालिमको औचित्य पुरा गर्नका लागि सबै महिलाहरुलाई व्यवसायी बन्न आग्रह गरे । कार्यक्रममा सहभागिहरुको तर्फबाट हुमादेवि जिटी,ओमकला कुमाल,शोभा खनाल, विष्णु सुनार र सुकमाया श्रेष्ठले तालिममा सिकेका सिपले व्यवसायको माध्यमबाट आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरे । समितिका अध्यक्ष सावित्रा गैरेको अध्यक्षता र उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत, सचिव इश्वरी खनालको धन्यवाद ज्ञापन र महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो । १३ दिन सम्म चलेको तालिमको सहजीकरण सजना नकर्मी र कृपा नकर्मीले गरेका थिए ।