
पाल्पा, कुनै बेला भर्नाका लागि सोर्स लगाउनु पर्ने मदनपोखरा बहुप्राविधिक शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको छ । २०७५ मा प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले तानसेनको दमकडामा स्थापना भएको शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको हो ।
मदनपोखरावासीको माग र पुर्वमन्त्री सोमप्रसाद पाण्डेको विशेष पहलमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंिगक शिक्षालयको रुपमा डिप्लोमा तहका कृषि, पशुु विज्ञान तथा इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने गरी शिक्षालय सञ्चालनमा ल्याइए पनि सरोकारवालाहरुको बेवास्ताका कारण अहिले विद्यार्थी संख्या अत्यन्त न्यूून रहेको छ । शिक्षालयले विद्यार्थीहरु न्यूून हुँदै गएपछि विद्यार्थी बढाउन स्थानीय सरकारका जनप्रतिनिधी र सरोकारवाला निकायहरुसँग छलफल गरेको छ । उसले नयाँ शैक्षिक सत्रमा यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरेको हो । छलफलमा सहभागी अधिकांसले स्थानीय अभिभावक, शिक्षण संस्था, सरोकारवालाहरु सबैको सहयोगबाट शिक्षालयमा आवश्यक पूूर्वाधारको निर्माण, प्रचार–प्रसारलाई व्यापक बनाए मात्र विद्यार्थी संख्या बढाउन सकिनेमा जोड दिएका छन् ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले अहिलेको युुग भनेको प्राविधिक र व्यवासायिक भएकाले प्राविधिक शिक्षालयमै विद्यार्थी नहुनुु विडम्वना भएको बताए । उनले गाउँ घरमै आएको प्राविधिक शिक्षालयको भरपुुर उपयोग गर्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको भन्दै त्यसतर्फ स्थानीय र सरोकारवालाले नै चासो देखाउनुुपर्नेमा जोड दिए । प्रमुख खनालले भने “प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकिने, विदेश जाने युवाले त्यहाँ गएर राम्रो अवसर पाउने र स्वदेशमै केही गर्छु भन्नेहरुका लागि यो महत्वपुर्ण अवसर हो, यो अवसर हामीले गुुमाउनुु हुँदैन । अब सबै मिलेर विद्यार्थी वृद्धि गर्ने दिशामा सोंचौं ।” उनले शिक्षालयमा राम्रो पढाई हुन्छ भन्ने बाहिरका जिल्लामा जानकारी दिन सके बाहिरबाट पाल्पा पढ्न आउँने विद्यार्थीको संख्या बढ्ने समेत बताए । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्राविधिक शिक्षालाई समयानुकुल र स्वरोजगार सिर्जना गर्न सकिने खालको जनशिक्त उत्पादनमा ध्यान दिन जरुरी रहेको बताए । सिटिइभिटी लुम्बिनी प्रदेश प्रमुख.यादव सुुवेदीले, सिटिइभिटीको सोंच नै दक्ष र प्राविधिक जनशक्ती उत्पादन गर्ने रहे पनि विद्यार्थीहरुको संख्या कम हुँदै जाँदा समस्या भएको उल्लेख गरे ।
छलफलमा तानसेन–९ का वडाअध्यक्ष राजेशकुमार अर्याल, ७ का वडाअध्यक्ष प्रदीप खनाल लगायतले तानसेनलाई शिक्षा, स्वास्थ्य र प्रविधिमैत्री अध्ययनको गन्तव्य बनाउनका लागि बहुप्राविधिक शिक्षालयको स्थापनाले मात्रै नपुग्ने भन्दै त्यसलाई आवश्यक पुर्वाधारको व्यवस्थापन जरुरी रहेको बताए । आधुनिक भवन र आवश्यक भौतिक सुविधा भए पनि विद्यार्थीको अभाव खेप्नुपर्ने अवस्थाको अन्त्य र यसका चुनौतिको समाधान गर्ने सोंचका साथ सरोकारवाल, जनप्रतिनिधी,सरकारी निकायका प्रतिनिधिहरुको सहभागितामा आगामी सत्रमा विद्यार्थी संख्या बढाउन के कस्ता राणनीति तय गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको शिक्षालय प्रमुख प्रदीप राज पाण्डेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको सभापतित्वमा छलफल कार्यक्रम भएको थियो । यहाँ कृषि बाली विज्ञान, कृषि पशु विज्ञान र सुचना प्रविधिका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।