Shittalpati
पाल्पामा निषेधाज्ञा र कर्फ्यू छैन: प्रजिअ कुंवर

पाल्पा, प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले पाल्पामा कुनै पनि निषेधाज्ञा र कर्फ्यू आदेश जारी नगरिएको बताएकी छन् । विहीबार सर्वपक्षीय बैंठकमा बोल्दै प्रजिअ कुंवरले जिल्लामा त्यस्तो कुनै अराजग गतिविधि नभएको र शान्तिपूर्ण रुपमा आन्दोलन भइरहेकाले कुनै पनि निषेधाज्ञा र कर्फ्यूआदेश जारी नगरिएको बताएकी हुन् ।

उनले भनिन् “जिल्लाको अवस्था र आवश्यकतालाई हेरेर मात्र निषेधाज्ञा र कर्फ्यू जारी  गर्ने व्यवस्था छ तर हामी कहाँ शान्तिपूर्ण नै छ , त्यसैले हामीले निषेधाज्ञा र कर्फ्यूजारी  गरेका छैनौं, यसमा स्पष्ट भइदिन जिल्लावासीलाई आग्रह गर्दछु ।”

प्रजिअ कुंवरले निर्वाध रुपमा पेशा, व्यवसाय, शैक्षिक संस्था, यातायात निर्वाध रुपमा सञ्चालन गर्न समेत आग्रह गरेकी छन् । उनले सहजीकरणका लागि आफुहरु तयार रहेको बताईन् । जिल्लामा सुरक्षा, प्रत्याभूति दिलाउन तीनै तहका सुरक्षा निकाय तयारी अवस्थामा रहेकाले कही कतै समस्या आए खबर गर्न प्रजिअ कुंवरले  भनेकी छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update