बुटवलको भाटभेटनी लुटपाटमा संलग्न शिक्षक निष्कासन

बुटवल, बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न भएको भन्दै एक शिक्षकलाई निकाष्सन गरिएको छ । भदौ २४ गते राति भएको लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माविले विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरेको हो ।
लुटपाटमा संलग्न भएको तस्बिर र भिडियो सार्वजनिक भएपछि उनलाई विद्यालयले स्पष्टीकरण मागेको थियो । तर, शुक्लाले त्यसको जवाफ दिन नसकेपछि विद्यालयले निकाष्सन गरेको हो ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्