
पाल्पा, देशभर निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यू लागू गरेको जनाएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले आज सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजेसम्म देशभर निरन्तर रहने जानकारी दिएको हो । यस्तै सेनाले भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने बताएको छ । सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैसँग अपिल गरेको छ ।
सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी, लुटपाटका घटनासँगै व्यक्ति लक्षित आक्रमण र बलात्कारको प्रयासजस्ता क्रियाकलाप भइरहेका र त्यस्ता गतिविधि हुनसक्ने सम्भावना रहेकाले कफ्र्यू आदेश जारी गरिएको सेनाको भनाइ छ । कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने छन् ।