Shittalpati
तानसेनमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु

पाल्पा, जिल्लाको तानसेनस्थित टुडिखेल मैदानमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यूयुथ युनियन क्लब तानसेनको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले  एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख श्रेष्ठले तानसेनको खेल क्षेत्रको विकासमा युथ युनियन क्लवले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विगतको तानसेनको खेल क्षेत्रको इतिहासलाई कायम गर्ने दिशामा क्लवले प्रतियोगीता आयोजना गरेर प्रशसंनिय कार्य गरेको उल्लेख गरे । नगर प्रमुख श्रेष्ठले नगरको खेल क्षेत्रको विकासमा नगरपालिकाले प्राथमिकताका साथ काम गरेको बताए । उनले खेलकूदका गतिविधिहरु बढाई युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न क्लवलाई आग्रह समेत गरे । उनले क्लवलाई आवश्यक सहयोग  नगर सरकारबाट हुने समेत विश्वास दिलाए ।

प्रतियोगिताको पहिलो दिन सराइ युथ क्लब सराइ र युनाइटेड युथ क्लव टिन्ती आँप दमकडाबिच भएको थियो । जसमा टिन्ती आँप दमकडा विजयी भएको छ । सराइ युथ क्लबलाई ०–१ का विरुद्ध हराउदै दकमडा विजयी भएको हो । प्रतियोगिता जेठ १७ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्ज्वल उदयले बताए ।

प्रतियोगितामा पाल्पा  र रुपन्देहीका  १२ टिमको सहभागीता रहेको छ । बुधबार हुने खेलमा दमकडा ब्रदर्स र पाल्पा फुटबल एकाडेमीबिच हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ नगद, शिल्ड, मेडल प्रदान गरिने युथ युनियन क्लबका अध्यक्ष ताम बहादुर कुमालले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update