Shittalpati
मदन आश्रित स्मृती दिवस: तानसेनमा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद

पाल्पा, ३२ औं मदन आश्रित स्मृती दिवसको अवसरमा जिल्लामा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नेपाली राजनीतिमा भइरहेको प्रयोगको अवस्था, वर्तमान अवस्थामा जवजको सान्दर्भिकता बारेमा प्रेस चौतारी पाल्पाले बहस र चर्चा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ति मगरले पछिल्लो राजनीतिक परिवर्तन, परिवर्तन पछी भएका व्यवस्थाहरु मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादको सिद्धान्त तथा कार्यक्रम अनुसार भएको बताए । उनले २०४७ सालको संविधानमा मदन भण्डारीले फरक मतको रुपमा राखेका २७ बुदेँ कुराहरु २०६२/०६३ को जनआन्दोलन पछिका संसदले समावेश गरी गणतान्त्रिक नेपाल बनाउन सफल भएको उल्लेख गरे ।

पत्रकार  महासंघ पाल्पाका पूर्व अध्यक्ष एवं एमाले पाल्पाका प्रेस चौतारी इन्चार्ज राजेश कुमार अर्यालले आजको अवस्थामा आईपुग्दा पनि  जबजका नीति, कार्यक्रम र सिद्धान्तहरु  नेपालको सन्दर्भमा उत्कृष्ट रहेको बताए । उनले जनताको बहुदलीय जनवाद अनुसार विचार मिल्दा एकता गर, नमिल्ने अवस्थामा सर्घष गर्दै रुपान्तरण गर अभियान अनुसार नै नेकपा एमाले पार्टी सञ्चालनमा रहेको प्रशिक्षक अर्यालले बताए । विचार नबुझिकन राजनीति बुझ्न र गर्न नसकिने अवस्था रहेकाले नयाँ पुस्तालाई हरेक पार्टीले पार्टीको सिद्धान्त, विचार, कार्यान्वयनका प्रक्रियाहरु तथा देशको अवस्थाबारे प्रशिक्षण गरेर जानुपर्नेमा अहिले धेरै संख्या देखाउन, संगठनमा प्रवेश गराउने कामलाई सुधार गर्नुपर्नेमा उनले जोड दिए । अर्यालले जबजको प्रयोग र  विकास, आजको सन्दर्भमा जवजको अवस्था र कार्यान्वयन, नेपालमा आर्थिक सामाजिक रूपान्तरणका बाटाहरुका बारेमा जबजले प्रष्ट रुपमा मार्ग निर्देशन दिएको चर्चा गरे ।

नेपालको विकासको लागि नदी डाईभर्सन गरी पानी नभएका स्थानमा खेतीपाती,जलाशययुक्त जलविद्युतको परिकल्पना मदनभण्डारीको जवजको कार्यक्रममा रहेको विकासको लागि दुरदृष्टि नेता मदन भण्डारी रहेको कार्यक्रममा चर्चा भएको छ । पार्टी नेतृत्व पनि एकल रुपमा नभई सामुहिक रुपमा हुनुपर्ने, पार्टीमा नेता प्रधान नीति प्रधान हुनुपर्ने कुराहरु जवजको प्रतिपादित सिद्धान्तमा रहेको, जनताको बहुदलिय जनवादका मुख्य १४ सिद्धान्तहरुको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रशिक्षक अर्यालले स्वतन्त्र प्रेस, हाम्रो दायित्व, प्रेस चौतारीक्रर्मीको कर्तव्य, दायित्व र भुमिकाबारे चर्चा गरे । प्रेस चौतारी नेपाल पाल्पाका शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रीय सदस्य मिलन विश्वकर्माको स्वागत र सचिव दयाराज न्यौपानेको सञ्चालनमा संवाद कार्यक्रम भएको थियो । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.स. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्खामा जिप दुर्घटनामा मृत्यु भएको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update