Shittalpati
भाकल पुरा गर्ने भगवतिको २०७ औं रथ यात्रा

मन गहिरे
तानसेन, पाल्पा

श्री सात रण उजुरेश्वरी भगवती माताको २०७ सातौं खट (रथ यात्रा विजय उत्सव) यही भाद्र २० गतेका दिन  पाल्पामा  भव्यताका साथ मनाउने तयारी भइरहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सम उपस्थितिमा भगवती जात्रा सम्पन्न हुने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । साथै आज साझ ८ बजे देखि ११ः३० बजे सम्म लाँखे विसर्जन गर्ने र रातभर कालरात्रीको पुजा गरिने र भोलिपल्ट विहान पुजाआँजाका साथ भगवतीको रथलाई नगर परिक्रमा गर्ने गरिन्छ । अंग्रेजलाई प्ररास्त गर्ने पाल्पालीको जितको महिमा बोकेको महिसासुर मर्दिनी श्री सात रणउजुरेश्वरी भगवती मन्दिर पाल्पाको सदरमुकाम तानसेनमा अवस्थित छ । तत्कालिन समयमा पाल्पामा कर्णेल उजुर सिंह थापा तैनाथ थिए । वि.सं. १८७१ देखि नै नेपाल अंग्रेज विचको युद्ध सुरु भएको थियो । नेपालले एकीकरणताका पाल्पा राज्य नेपाल नेपाल अधिराज्य नेपाल अधिराज्यमा गाबिएपछि सेनाहरूले भोगचलन गर्दै आएको बुटवल र शिवराज लगायत गोरखपुर बरेली सारण पुर्णिया आदि सीमामा रहेका १२२ मौजाको विषयलाई लिएर कम्पनी सरकार र नेपाल सरकारबीच विवाद सुरु हुन थाल्यो । सन् १८१४ नोभेम्बर १ तारिखका दिन नेपालमाथि इस्ट इन्डिया कम्पनीले एकतर्फी युद्ध घोषणा गरे लगत्तै कर्णेल उजुरसिंह थापा युद्धको तयारीतिर लागे लडाईमा जान सायद जुराएका थिए । सोही समयमा लडाईमा जानु अघि पाल्पाको तानसेन अवस्थित महिसासुर मर्दिनी श्री सात रण उजुरेश्वरी यसरी भगवती मातालाई सम्झेर अंग्रेजसँगको युद्धमा विजय श्री हासिल भयो भने मन्दिर निर्माण गर्नुका साथै  भगवतीको सिन्दुर जात्रा गरि भगवतीको महिमा चारै तिर फैलाउने छु । भनी भाकल गरेका थिए ।

कर्णेल उजिर सिं थापाले करिब ३ हजार सैनिक लिएर बुटवल गढीमा पुगेर अंग्रेजहरु संग लडे । उक्त युद्ध १८७२ वैशाख ७ गते विजय हासिल गरी अंग्रेजलाई पराजित गरी फर्केपछि मन्दिरलाई ३ तले प्यागोडा शैलीमा निमार्ण गर्ने कार्य प्रारम्भ गरे । वि.सं. १८७६ मा मन्दिर निर्माण सम्पन्न भएपछि भगवतिको प्रस्टर शिलामूर्तिलाई गर्भमै राखेर पञ्चधातुले बनेको अष्ठादश (अठार) बाहु भएकी माता भगवतीको प्रतिमा स्थापना गरी दुर्गा पञ्चायनको रुप दिइ मन्दिरमा आफ्नै उचाइ बराबरको सात पूर्ण कलश सुनको मालाम्बाअंकित गजुर स्थापना गरे र मन्दिरका विभिन्न कोणहरुमा सुर्य, विष्णु, शिब, गणेशको, मूर्ति स्थापित गरे । सिंह, बरहिर्नी माताको मूर्ति दायाँपाउँमा सिंह र बायाँपाँउमा महिष सुर रुपी राँगो माथि रहेको छ । अठार बाहु भएको दुर्गाको दायाँ हातमा त्रिशुल र अन्यहातमा वरमुद्रा, बज्र, डमरु, चक्र, अंकुश, तीर, खडक र करपात्र रहेका छन् । भने बाँयाहातमा ढाल, नाग, गदा, सुला, घण्ट, कदिहस्तामुद्रा, अभयमुद्रा, अभयमुद्रा र पछिल्लो हातले महिषासुरको टुप्पी समातेको छ । नरमुण्डमाला गलामा पहिरिएको बस्त्र आभुषणले सुसज्जित सुन्दर मूर्ति नजिकै उजिर सिंहको तरबार पनि राखिएको छ । यसरी मन्दिर निमार्ण सम्पन्न भई भगवतिको सुन्दर मूर्ति स्थापित भएपछि कर्णेल उजिर सिंह थापाले ठुलो खटमा भगवतीलाई राखी राजकीय सम्मानका साथ नगर परिक्रमा गराइन्छ । भगवतीको अर्को रुप मानिने योगमाया श्रीकृष्णकी बहिनी हुन् । श्री कृष्ण अष्टमीका दिन रातभरी जाग्राम बसी नवमीका दिन भगवती जात्रा चलाउने चलन चलाए । मन्दिरको नित्यपुजाको लागी पाटनबाट मुल पुजेरीको रुपमा चन्द्रमणी गुभाजु ब्यवस्थापकको रुपमा भक्तपुरबाट शुक्तमान बौद्धचार्यलाई झिकाई पुजा गर्ने चलन चलाए । हालसम्म पनि चन्द्रमणी गुभाजुकै सन्ततीले नित्य पुजा गर्दै आएका छन् ।

वर्तमान अवस्थाको भगवती मन्दिर भगवती मन्दिरको व्यवस्थापकीय पक्ष गुठी
भगवतीको मन्दिरमा नित्य पूजाको बन्दोबस्त मिलाउनका लागि भगवती गुठीको व्यवस्था गरिएको थियो। कर्णल उजुर सिंहले तानसेन बाजागार, सोमर्या, ढुङढुङ्गा कोल्डाँडा, मदनपोखरा, तेल्घा, अर्गली लगायतमा १८० रोपनी पाँच आना एक पैसा खेत र १हजार ४५० रोपनी छ आना ३ दाम पाखो जग्गा समेत भगवती गुठीको नाममा रहेको छ । त्यसैगरी कर्णेल उजुर सिंहकी धर्मपत्नीले १८२१ मार्ग १३ मा आपूm सती जाँदै गर्दा मन्दिरको नित्य पूजाआजाका लागि संकल्प गरी रु.२९८५ रुपैयाँ दिएकी थिइन् सोही रकमबाट नित्य पूजा नित्य पूजा सञ्चालन गर्नका लागि भक्तपुरमा ३६ रोपनी जग्गा पाल्पा, भगवती गुठीको नाममा रहेको छ । त्यसैगरी उजुर सिंहले भगवती जात्रा साथै नियमित पूजाआजा सञ्चालनका लागि अक्षय कोषको स्थापना गरिदिएका थिए तत्कालीन राजा राजेन्द्रविक्रम शाहदेवले प्रभावित गरी श्री सात रणउजिरेश्वरी भगवती माताको २०७ औ  यसरी भगवती गुठी राजगुठीमा परिणत गरेका थिए । त्यसैगरी भगवतीको नाममा चढाएका नगद सुन चाँदी गरगहना रहेका छन् भने हाल बैंकमा जम्मा रु ३४ लाख अक्षय कोष समेत रहेको छ ।
मन्दिरको जीर्ण उद्धार तथा वर्तमान अवस्था
विक्रम सम्वत १९९० सालको महाभूकम्पले ३ तीन तले मन्दिर भत्किएपछि विक्रम सम्वत १९९२ सालमा जीर्ण उद्धार कार्य भयो तर फेरि विसं १९९९ साल मा भत्किएपछि पछिल्लो पटक विक्रम सम्वत २०३१ सालमा दुई स्लेटको छाना लगाई दुई तले मन्दिरको निर्माण गरिएको थियो तर वर्तमान अवस्थामा पनि उक्त मन्दिरमा छाना चुएर छानालाई प्लास्टिकले मोडिएको छ । प्रत्येक वर्ष नेपालका उच्च ओहदाका व्यक्तित्वहरू समेत उपस्थित भएर मनाइने राष्ट्रिय गौरवको यस भगवती मन्दिर हाल संरक्षणको पर्खाइमा रहेको छ ऐतिहासिक महत्व साथै राष्ट्रियताको प्रतिकको रुपमा भगवती मन्दिर नेपाल नेपाल अङ्ग्रेज नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई हराउन सफल नेपालीहरू र त्यसमा पनि पालपालीहरूको जितको अमर गाथा लेखिएको इतिहास झल्काउने ऐतिहासिक महत्व बोकेको यो सम्पदालाई संरक्षण सम्बर्धनको खाँचो छ । हाम्रा संस्कृतिको धरोहरले धेरै पर्यटकीय सम्भाव्यता समेत बोकेको छ । भगवतीको रथयात्रालाई राष्ट्रिय पर्वको रूपमा लागि तानसेन नगरलाई अघि बढाउनुपर्नेमा स्थानीयहरू बताउँछन् लुम्बिनी प्रदेशमै मन्दिर निर्माण तथा व्यवस्थापनका लागि गुरु योजना बनाई कार्य प्रारम्भ गर्ने गुठी लगायत मन्दिरका नाममा रहेको सम्पत्तिको खोजी गरी अभिलेख तयार गर्ने मन्दिरमा भक्तजन तथा दर्शनार्थीलाई बिहानदेखि साँझ सम्म दर्शन गर्न मिल्ले व्यवस्था मिलाएको, मन्दिर जीर्ण उद्धार तथा पित्तलको छाना हाल्नका लागि लुम्बिनी प्रदेशबाट रु.१ करोड बजेट आएको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । लुम्बिनी प्रदेशका माननीय तथा पूर्वमन्त्री वीरबहादुर रानाले पाल्पाको धार्मिक सांस्कृतिक महत्व बोकेको यस भगवती मन्दिरको जीर्णोद्धारका लागि पटकपटक आफूले पहल गरेको र अहिले बजेट परे लगत्तै  समयमै निर्माण प्रक्रिया पूरा गर्नु पर्ने कुरामा जोड दिए । ऐतिहासिक राष्ट्रिय गरिमा बोकेको यस भगवती मन्दिर र जितगढीलाई बुद्ध सर्किटमा जोडी गुरुयोजना बनाई कार्य प्रारम्भ गर्न सके पर्यटन प्रवर्धनका साथै ऐतिहासिक धरोहरको समेत संरक्षण हुने देखिन्छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update