Shittalpati
धार्मिक पर्यटनबढाउन बुटवल–मुक्तिनाथ यात्रा 

पाल्पा, बुटवल उपमहानगरपालिकाले धार्मिकपर्यटन बढाउन बुटवल–मुक्तिनाथ धार्मिक यात्रा सुरु गरेको छ । महानगरपालिकाले सोमबार पाल्पाकोभगवती मन्दिरबाट धार्मिक यात्राको शुभारम्भ गरेको हो ।

चीनको सिमाना कोरोला नाकासँगको धार्मिकपर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न जनप्रतिनिधि, कर्मचारीसहितकोटोली पाल्पाको भगवती मन्दिर, भैरवस्थान मन्दिर, ऋषिकेश मन्दिर, रिडी हुँदै मुक्तिनाथदर्शनका लागि प्रस्थान गरेको छ । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका उनीहरुलाई भगवतीमन्दिर व्यवस्थापन समितिले स्वागत गरेको छ ।धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिकपर्यटकीय स्थलहरुको अवलोकन र दर्शन सहित पवित्र धार्मिक पर्यटकिय स्थल मुस्ताङको मुक्तिनाथदर्शनको यात्रा प्रारम्भ गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।प्रमुख पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाटमुक्तिनाथ भ्रमणका लागि प्रचार–प्रसार गर्ने र जसको केन्द्रबिन्दु तथा विश्रामस्थलबुटवललाई बनाउने उद्देश्य रहेको बताए । उपप्रमुख सावित्रादेवी अर्यालले तानसेन र बुटवलकोविकासमा हातेमालो गरेर अगाडि बढ्ने बताईन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्षअशोकमान महर्जनले  बुटवलको जितगढीमामनाईने विजयउत्सवमा पाल्पालाई पनि सहभागी बनाउनुु पर्ने र पाल्पामा मनाइने विजय उत्सवलाईपनि विशेष ध्यान दिन बुटवल उपमहानगरपालिकालाई आग्रह गरे । समितिका सचिव प्रकाशगंगोलको सञ्चालनमा स्वागत कार्यक्रम  भएकोथियो ।  

प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update