Shittalpati
लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा केसी

पाल्पा, नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा राजेन्द्र केसी चयन भएका छन् । संघको शनिबार सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा शंकर बहादुर खाँण र राजेश कार्की चयन भएका छन् । महासचिवमा थानबहादुर कुंवर, उपमहासचिवमा सुरेन्द्र ढेंगाा र प्रकाश ज्ञवाली, कोषाध्यक्षमा अमन प्रसाद श्रेष्ठ, सहकोषाध्यक्षमा विष्णु सेन ठकुरी चयन भएको निर्वाचन कार्यक्रमका संयोजक मेजर सिं केसीले जानकारी गराए । उनका अनुसार सदस्यहरुमा किरण मल्ल, केशवबहादुर मल्ल, गन्भर सिं सिंजाली, युवराज चिदी, पवन कुंवर, देवेश बज्राचार्य, माधव पौडेल,राजनप्रसाद श्रेष्ठ र भरत विक रहेका छन् ।

अधिवेशन उद्घाटन सत्रलाई नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सम्बोधन गरेका हुन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्कदै गएकाले उनीहरुको समस्या पहिचान गरी मनोवल उठाउने दिशामा सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताएका छन् ।  नेता श्रेष्ठले राज्यले निर्माण व्यवसायीको रकम समयमै भुक्तानी गर्न नसकै कारण निर्माण व्यवसायीको बदनामी हुने प्रवृत्ति उचित नभएको बताए । सार्वजनिक खरिद ऐन पटक पटक संसोधन गरिए पनि ऐन साना निर्माण व्यवसायीमैत्री बन्न नसकेको सभापति श्रेष्ठको  भनाई  छ । अहिले पाँच करोड भन्दा मुनिका योजनाहरु प्रदेश सरकारले लिने र त्यो भन्दा माथिका योजना मात्र संघीय सरकारले  लिने भनेकाले त्यस्ता योजनाहरु सम्बन्धित जिल्लाका निर्माण व्यवसायीमार्फत मात्रै टेन्डर गर्ने नीति ल्याउनुपर्ने उनले बताए ।    

निर्माण व्यवसायीले समयमै गुणस्तरीय निर्माण गरेर उदाहरण पेश गर्नु पर्ने सुझाव दिदै लोकतान्त्रिक निर्माण व्यवसायी संघले सबै निर्माण व्यवसायीको हक हितका लागि काम गर्नु पर्नेमा उनको जोड थियो । अब निर्माण व्यवसाय क्षेत्रलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन संघको पहल कदमी आवश्यक रहेको उनले बताए । उनले भने, “निर्माण व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि काँग्रेस तत्पर छ ।” सभापति श्रेष्ठले प्रदेश र केन्द्रमा हुने कार्यक्रममा समेत निर्माण व्यवसायीका समस्या बारे आफुले नीतिगत छलफल र बहस गर्ने गरेको समेत बताए ।

कार्यक्रममा  संघ लुम्बिनी प्रदेशका संयोजक विश्व कुमार चन्दले जिल्लाका निर्माण व्यवसायीहरु अब एक हुनुपर्ने बताएका छन् । उनले उपभोक्ता समितिलाई योजना दिदा निर्माण व्यवसायीहरुले बदनाम खेप्नु परेको भन्दै त्यसतर्फ नीतिग सुधार हुनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रदेश सदस्य तथा संघका विभाग प्रमुख भेषराज पौडेलले निर्माण व्यवसायीले सबैको चित्ता बुझाएर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने “ व्यवसायीका थुप्रै समस्या छन्, राजीतिक दल, पत्रकार सबैलाई चित्ता नबुझाएसम्म सुखै छैन् अनि सरकारलाई पटक पटक कर तिर्नुपर्ने अवस्था छ, घाटा खाएर व्यवसायी गर्नु परेको छ ।” सबैलाई चित्ता बुझाउने कामको अन्त्य हुनुपर्ने उनले बताए । कार्यक्रममा निर्माण व्यवसायीहरु राजेन्द्र केसी,पुरुषोत्तम केसी, दरुण दलका जिल्ला सभापति मेजर सिं केसी, महासंघका केन्द्रीय सदस्य इन्दु शर्मा  लगायतले संघमा आउने नेतृत्वले  निर्माण व्यवसायीलाई संगठित गरि हकहितको संरक्षण गर्नु पर्नेमा जोड दिए । राज्यले अझै पनि निर्माण व्यवसायीको कामको भुक्तानी समयमै नदिने गरेकोले संघले व्यवसायीका मुद्दा सरकार समक्ष पुर्‍याउन भुमिका खेल्न आवश्यक रहेको  समेत उनीहरुले बताए । उद्घाटन सत्र कार्यक्रम संघ लुम्बिनी प्रदेशका संयोजक विश्व कुमार चन्दको अध्यक्षता, निर्माण व्यसायी शंकर रायमाझीको स्वागत, उदय घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update