आज सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, माघ २९, २०८१
कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला
सोमबार, माघ २८, २०८१
कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देबिलाल भट्टराईको शव फेला परेको हो ।
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
सोमबार, माघ २८, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोह सक्रिय रहेको बताएका छन् ।
मोहन कन्या माविले भदौमा हिरक महोत्सव मनाउने
शनिबार, माघ २६, २०८१
पश्चिम क्षेत्रकै एक मात्र कन्या मन्दिरको रुपमा रहेको तानसेनस्थित मोहन कन्या माविले आगामी भदौ १६ गते ७५ औै वार्षिकोत्सव हिरक महोत्सवको रुपमा मनाउने भएको हो ।
आज भीमा एकादशी व्रत
शनिबार, माघ २६, २०८१
आज भीमा एकादशी व्रत । महाभारत कालबाट रहन गएको भीमा एकादशीको नाम पछाडीको कारण महाभारत कालदेखि भीमता एकादशीको महत्व विलक्षण रूपमा लिएको पाइन्छ । प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ ।
पाल्पा आवासीयको ‘स्वर्णतिरको यात्रा’
शनिबार, माघ २६, २०८१
जिल्लाको तानसेनमा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयले ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी र गुणस्तरी शिक्षाको मान्यता राखी २०३६ सालमा स्थापना भएको विद्यालयले ४५ औं वार्षिक उत्सव मनाउँदै स्वर्ण जयन्तीतिरको यात्रा तय गरेको हो ।
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ
शुक्रबार, माघ २५, २०८१
पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।
पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन
बिहीबार, माघ २४, २०८१
पाल्पा आवासी माध्यमिक विद्यालयका विद्यार्थीहरु तानसेनको भूूसालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् । विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयमा गठीत बालक्लवमा आवद्ध विद्यार्थीहरु त्यहाँ पुगेका हुन् ।
त्रिविले खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा
बिहीबार, माघ २४, २०८१
त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर तहको परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।
गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा
बुधबार, माघ २३, २०८१
जिल्लाको सुदुरपूर्वमा पर्ने कालीगण्डकी गाउँपालिका– ७ का रमेश विश्वकर्मा राहदानी बनाउन सदमुकाम तम्घास पुगेर घण्टौं लाईन लागे ।
पोखराथोकमा एक पुरुष मृत फेला
बुधबार, माघ २३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोकमा एक पुुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका– ३ चनौली घर भई हाल बगनासकाली गाउँपालिकाको पोखराथोकमा बस्दै आएका ५६ वर्षीय रेम बहादुर सुर्यबंशी घर नजिकैको खरबारीमा मृत अवस्थामा फेला परेका हुन् ।
पाल्पामा विपतबाट ४ जनाको मृत्यु, ५ करोड २६ लाख बढीको क्षति
बुधबार, माघ २३, २०८१
पाल्पामा विपतबाट ४ जनाको मृत्यु भएको छ । विपद्का विभिन्न घटनामा परी ११ महिनामा ४ जनाको ज्यान गएको हो । यहाँ चालु आर्थक वर्षको पुस २९ गतेसम्म विपद्का घटनाबाट ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्दद्र चन्दका अनुसार २०८०/११/७...
रामपुरमा कोटघर बनाइँदै
मंगलबार, माघ २२, २०८१
जिल्लाको रामपुर नगरपालिका –१० मगरेमा मन्दिरको शिलान्यास गरिएको छ । नयाँ बन्ने भिमादेवि कोटघर मन्दिरको एक कार्यक्रमकाबिच शिलान्यास गरिएको हो ।


